बुटवल : बुटवलमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवलतर्फ आउंदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गुल्मीको रुरु गाउंपालिका ७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते पन्थीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कार्यक्षेत्र बुटवल रहेका पन्थीको हाल बसोबास रुपन्देहीको सैनामैनामा थियो । पन्थीको घरमा एक श्रीमती छोरा अमेरिका र २ छोरी रहेका छन् ।