ब्रेकिङ न्युज:

प्रधानमन्त्री केपी ओली नैतिक संकटमा

जागरणपोस्ट १३ फाल्गुन २०७७, बिहीबार ०८:१६

काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि प्रधानमन्त्री केपी ओली नैतिक संकटमा परेका छन् । राजनीतिक दलहरूले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

पार्टी फुटअगावै केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर अल्पमतमा परिसकेका प्रधानमन्त्री ओलीले ५ पुसमा चालेको संसद् विघटनको कदमको विपक्षमा निर्णय आएपछि अब उनीसँग विकल्प साँघुरिएका छन् । ओलीसँग अब मूलतः दुईवटा विकल्प देखिएको छ ।

पहिलो, प्रधानमन्त्रीबाट राजीनामा दिएर सर्वोच्चको फैसलाको सम्मान गर्दै विघटनप्रति आत्मालोचना गरेर कानुनी रूपमा नफुटिसकेको पार्टी एकता बचाउने । दोस्रो, अविश्वासको प्रस्ताव सामना गरेर बाहिरिने, अरू पार्टीको विश्वासको मत जितेर प्रधानमन्त्रीमा निरन्तर रहने ।

पहिलो विकल्पमा ओलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएर अवरुद्ध प्रक्रियालाई तत्काल सुचारु गराइदिन सक्छन् । यसले अदालतको फैसलाको सम्मान गरेको अर्थमा बुझिने राजनीतिक दलका नेताहरूले फैसलापछि टिप्पणी गरेका छन् । संसद् पुनस्र्थापनामा निर्णायक हस्तक्षेप र भूमिकामा नदेखिए पनि नेकपाका दुवै समूहले कांग्रेसलाई प्रधानमन्त्री दिन सक्ने विकल्प खुला राखेका छन् । त्यसैले अब बन्ने नयाँ सरकारमा कांग्रेस निर्णायक हुने अवस्था देखिएको छ । –नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१