सेसेल्स– सेसेल्स सरकारको कोरना राहतकोषमा एनआरएनए सेसेल्स द्वारा २ लाख ४० हजार रुपिया बराबरको सहयोग हस्तान्तरण गरिएको छ। अफ्रिकी मुलुक सेसल्स सरकारको कोरना राहत कोषमा सेसेल्सका स्वास्थ्य मन्त्री पेग्गी भिगेडको उपस्थितिमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४०,००० ( ने . रु . दुई लाख चालीस हजार बराबर ) को चेक हस्तान्तरण गरिएको हो। आज एक विशेष समारोहमा एनआरएनए एनसीसीका तर्फ बाट अध्यक्ष रामप्रसाद पन्त , मनोज बि.क. र रोजमेरी राईले हस्तान्तरण गरेका थिए । पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन । कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले जानकारी दिए।