ब्रेकिङ न्युज:

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

जागरणपोस्ट १४ फाल्गुन २०७७, शुक्रबार ०९:१०

काठमाडौं : सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव डेढ घण्टा परामर्श गरेका हुन् । भेटमा प्रधानमन्त्रीले आगामी राजनीतिक कदमबारे छलफल गरेको बुझिएको छ ।

भेटमा सर्वोच्चको आदेश अनुसार संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ । यसअघि प्रधानमन्त्री नेतृत्वको नेकपाले अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरिसकेको छ ।

संसद विघटनको कदम सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्रीको राजीनामा माग हुँदै आएको छ । राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनुपर्ने माग उठिरहेको समयमा भएको भेटलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१