ब्रेकिङ न्युज:

‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज म्याग्दीबाट पक्राउ

जागरणपोस्ट १४ फाल्गुन २०७७, शुक्रबार ०९:३३

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन ‘फिल्टर’ म्याग्दीबाट पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका-२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । पुन राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।

उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन् ।

सरकारसँग वार्ताका लागि यो समुहले पक्राउ गरेका नेता रिहाइको सर्त अघि सारेको छ । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४