ब्रेकिङ न्युज:

नेपाली राजनीतिको फोहोरी खेल यतिसम्म !

जागरणपोस्ट १४ फाल्गुन २०७७, शुक्रबार ११:१९

काठमाडौँ : प्रतिनिधिसभाका २७५ सांसद मध्ये नेपाली कांग्रेससँग ६३ सांसद मात्रै छन् । प्रतिशतकै हिसाब गर्ने हो भने प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद २२ प्रतिशत मात्रै छन् ।

नेपाली राजनीतिको फोहोरी खेल कतिसम्म भने, त्यही २२ प्रतिशत पकड राख्ने शेरबहादुर देउवाका अगाडि ७८ प्रतिशत सांसदहरु यतिबेला घुँडा टेक्न विवस छन् । २२ प्रतिशतले ७८ पतिशतको नाकमा नत्थी लगाएर फनफनी घुमाउन सक्ने स्थिति नेपालका यी राजनीतिक खेलाडीहरुले सिर्जना गरिदिए ।
९० सांसदको समर्थन गोजीमा बोकेर बुधबार पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाल ६३ सांसदका सभापति शेरबहादुर देउवा कहाँ पुगेर भनिनै सके कि-हाम्रो समर्थनमा प्रधानमन्त्री बनेर कल्याण गरिदिनुस् ।

१७५ सिटसहित प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त राजनीतिक दलका नेताहरु अहिले अरुलाई सरकारको नेतृत्व लिइदिन बिन्ती गरिरहेका छन् । फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको निर्णयसँगै नेकपा नेतृत्वको सरकार ढल्ने निश्चित भयो । आफ्नै पार्टीको सरकार ढल्ने निश्चित हुँदा त्यो पार्टीका नेताहरु दुःखी हुनु पर्नेमा अविरजात्रा चलिरहेको छ । एक अर्कालाई लड्डु खुवाउने गरिरहेका छन् ।

नेकपामा स्पष्ट दुई कित्ता देखिएका छन्, तर औपचारिक रुपमा नेकपा विभाजन भने भैसकेको छैन । नेकपाको बहुमतको सरकार ढल्ने निश्चित हुनु, सरकारको नेतृत्व अरु नै पार्टीको हातमा जाने पनि तय हुनु जस्ता परिस्थितिले नेकपामा सन्नाटा छाउनुपर्ने हो तर भैरहेको छ खुशियालीसहित अबिरजात्रा ।

व्यवाहारिक रुपमा  पार्टी विभाजन भैसकेको तर कानुनी रुपमा विभाजनहुन् बाकी रहेको यो अवस्थाको पिरलो कतिसम्म छ भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओली र पुष्पकमल दाहालबिच प्रतिस्पर्धा नै चलिरहेको छ । जस्तो हाल अहिले प्रचन्डको छ त्यस्तै हाल प्रधानमन्त्री ओलीको पनि छ । देखाउनु नदेखाउनु बेग्लै कुरा हो तर स्थिति दुवै गुटको उस्तै छ ।

छ्दाछ्दैको ठुलो पार्टी संसदमा स्पष्ट बहुमत पनि  बोकाको मुखमा कुभिन्डो नअटाएझै प्रचन्ड-माधव र केपी शर्मा ओलीले पार्टी फुटाए । अब न बहुमत रह्यो न पार्टी रह्यो न सरकार नै नेतृत्व । नेकपालाई विश्वास गरेर नेपाली जनताले दिएको बहुमतको यी तिन नेताले न त कदर नै गरे न पाच वर्ष सरकार नै चलाउन सके । उल्टै आफ्नै खुट्टामा बन्चरो प्रहार गरे ।

अझै हासो उठ्ने कुरा त के छ भने सबैभन्दा ठुलो पार्टीका अध्यक्ष रहेका प्रचन्डलाई त फुच्चे पार्टी जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महत्तोले बिहीबारको भेटघाटका क्रममा प्वाक्क सोधिहाले ‘तपाईहरुको पार्टी चाहि कुन रे‘ ? । नेकपाका नेताहरुले यो भन्दा लज्जास्पद स्थिति सायद कहिलै सामना गरेका थिएनन् होला ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४