ब्रेकिङ न्युज:

मुहारचित्र (पोट्रेट) कोर्ने मोडलमा नियात्राकार तथा उद्यमी जिबा लामिछाने

जागरणपोस्ट १५ फाल्गुन २०७७, शनिबार १८:११

काठमाण्डौ : कला जिवन्तताको अर्को नाम हो, कला अमरत्वहो, कला जीवनको एक सुगन्ध हो । कला जीवन पश्चातको जीवनको एक रुप हो । संगीत, कला र साहित्यमा रुची र स्वाद नभएको मानिस विरलै हुन्छन् । जीवनयापनको सिलसिलामा ब्यबसायिक हिसाबमा एक नयाँ उचाई लिएका सफल उद्यमी जीवा लामिछाने आज एक मोडलको रुपमा उपस्थित थिए ।

सात जना बरिष्ठ नेपालका कलाकारहरुसँग मुहारचित्र कोर्ने व्रmममा अकामा होटलको हलमा थिए । बिहानको ११ बजेबाट शुरु भएको मुहारचित्र कोर्ने कार्यक्रमको संयोजन गरेको थियो अन्तराष्ट्रिय जलरंग समाज नेपालले । यसको थप संयोजन गर्नुभएको थियो सो संस्थाका अध्यक्ष कलाकार एन.बि. गुरुङ्गले । एक कुर्सिमा रोल मोडलका रुपमा निलो सुटमा बस्नुभएका जीवा लामिछानेलाइ क्यानभासमा उतार्न सात कलाकारहरु लागिरहेका थिए ।

सो मुहारचित्र उतार्न खप्पिस कलाकारहरुमा आलोक गुरुङ्ग, ओम गुरुङ्ग, डि.बि. राई, पकबहादुर थापा, डि. राम पाल्पाली, किरणकुमार सिगुु र एन.बि. गुरुङ्ग रहेका थिए । निकै चुनौतिपुर्ण रहेको काम हो जीवन्तमुहार चित्रकोर्ने काम । त्यसमापनि मोडल अगाडी एक मुद्रामा बसिरहेको र निश्चित समयमा मुहारचित्र कोर्नुपर्ने भएकोले कलाकारहरु निकै प्रेसरमा देखिएका थिए ।

एक राम्रा नियात्राकारको रुपमापनि चिनारी बनाइसकेका लामिछानेको दुई पुस्तकहरु प्रकाशित भैसकेका छन् । सर्सर्ती संसार र देश देशावर उनका निकै चर्चित पुस्तकहरु बजारमा आइसकेका छन् । संसारका लगभग १३० भन्दा बढि देशहरु घुमिसकेका लामिछानेले किताबको माध्ययमबाट धेरै मानिसहरुलाई घरमा नै बसेरपनि संसारको केहीफन्को लगाउने अवसर प्रदान गरेका छन् । दुई किताबमा अक्षरहरुको जहाज चढेर संसार घुमाउने किताबहरु बजारमा छन् । यो महान् कामको लागी लामिछानेलाई धेरै धेरै धन्यबाद ।

उद्यमशिलतालाई सफलतापुर्वक अगाडि बढाउँदै कला र साहित्यलाई पनि समय निकालेर दुई पुस्तक लेखिसकेका लामिछाने आजका पुस्ता र भावी पुस्तालाईपनि एक रोल मोडलका रुपमा रहेका छन् । जीवन, सक्दो धेरै कमाउनु हो र भौतिक सुखभोग गर्नु हो । त्यसमा अझै कलात्मकता र थप रंग भर्न सके वा पराभौतिक आयाम थप्न सक्नु झनै सफल बन्नु हो, अझै सुखी बन्नु हो । जीवन एक कला हो र सुख र सफलता अर्को एउटा कला हो । दुवैको सन्तुलन मिलाउन सके झनै उत्तम, भनेर आफ्नो जीवनदर्शन प्रस्तुत गरेका लामिछाने सबैका एक आदर्श ब्यक्तित्व हुन् ।

बिभिन्न कोणबाट मुहार चित्रकोरेका कलाकारहरु निकै उत्साहित थिए । एक सफल मानिसको कलामा आफ्नो कुचीचलाउन पाउँदा

कलाकारहरु पनि थप गभ्भिर बनेर क्यानभासको कलामा जीवन भर्दै थिए । हेर्दै बोलिहाल्ने जस्ता मुहारचित्रमा अनेक रंग भरिरहेको हेर्नमापनि निकै रोचक लागिरहेको थियो । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, रमेश खनाल लगायत विभिन्न पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

-तुलसी निरौला

 

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१