ब्रेकिङ न्युज:

२०२० मा विश्वभरमा सर्वाधिक डाउनलोड भयो टिकटक

जागरणपोस्ट १५ फाल्गुन २०७७, शनिबार २०:०१

एजेन्सी : सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेकोे रिपोर्ट अनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ ।

अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको देखिएको छ । गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको टिकटकले यो पटक तीन स्थान फड्को मार्न सफल हुँदै पहिलो स्थान हासिल गरेको हो ।

एप एन्नीको रिपोर्ट अनुसार सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै पुग्ने छ । स्मरण रहोस् गत जून महिनामा भारतमा टिकटक प्रतिबन्धित भएको थियो र त्यसबेलासम्म टिकटकका भारतीय प्रयोगकर्ताको संख्या १० करोड थियो ।

पहिलो स्थान टिकटकले कब्जा गरेपनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ । सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक रहँदा तेश्रो स्थानमा ह्वाट्सएप रहेको छ ।

उता कोरोनाकालमा सर्वाधिक लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेन्सिङ एप जूम यो वर्ष सर्वाधिक लोकप्रिय एपहरुको टप फाइभभित्र पर्न सफल भएको छ । विश्वमा सर्वाधिक डाउनलोड हुने एपको चौथो स्थानमा जूम रहेको छ । त्यस्तै इन्स्टाग्राम यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएका एपको पाँचौ नम्बरमा परेको छ ।

रिपोर्टअनुसार छैटौँ स्थानमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ । त्यस्तै सबैभन्दा लोकप्रिय एपहरुको आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः स्नापच्याट, टेलिग्राम र लाइकी परेका छन् ।

प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा चाहिँ टिन्डर पहिलो स्थानमा पर्न सफल भएको छ । यो सूचीमा टिकटक दोश्रो स्थानमा छ भने युट्युब तेश्रो, डिज्नी प्लस चौथो, टेन्सेन्ट भिडियो पाँचौँ तथा नेट्फ्लिक्स छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४