माओवादीलाई हेप्न खोजे अझै ठूलो पार्टी जन्मिन्छ, झन ठूलो विद्रोह हुन्छ- प्रचण्ड

जागरणपोस्ट २५ माघ २०७५, शुक्रबार ११:५९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा जिल्ला समन्वय समिति रुकुम (पश्चिम)द्धारा आयोजित न्यायिक समितिःकार्यबिधि र प्रक्रिया पुस्तक बिमोचन गर्दे प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्दै संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।
‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’

प्रचण्डले अहिलेकै अवस्था निरन्तर रहेमा मधेसमा एक ढंगले र पहाडमा अर्को ढंगले विकराल स्थिति उत्पन्न हुने औल्याए। उक्त परिस्थिति उत्पन्न भए विगतमा जस्तै १२ बुँदे र शान्ति सम्झौता जस्तै सहज तरिकाले समाधान ननिस्कने चेतावनी उनले दिए। ‘शान्ति प्रक्रियामा हिजो लडेकाहरु अहिले निधार खुम्चाएर सोच्नु पर्ने अवस्था आएको छ,’ दाहालले भने, ‘हल्का रुपमा सोचिरह्यो भने देशलाई गाह्रो पर्न सक्छ।’ माओवादीलाइ कसैले सिध्याइयो भन्ने ठानेको छ भने अर्को माओवादी जन्मन्छ। विभेदमा परेकालाई अधिकार दिने कुरालाई हल्का रुपमा लिएमा दुर्भाग्य हुन्छ।’

प्रचण्डले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे । उनले हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको स्पष्ट पारे । तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्ने्तिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । पार्टी एकतापछि माओवादीको अस्तीत्वलाई नै मेटाउने काम भएको आरोप लगाउदै प्रचण्डले त्यसो गरिए फेरि अर्को माओवादी जन्मने चेतावनी दिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८