ब्रेकिङ न्युज:

“फिलिङ कम्फर्टेबल”

जागरणपोस्ट १६ फाल्गुन २०७७, आईतवार १४:४४

कसैलाई मध्यरातमा गोयल आउँदा कम्फर्टेबल,
कसैलाई चिनियाँ राजदूत घरै धाउँदा कम्फर्टेबल ।
कसैलाई बराहक्षेत्रमा भैंसीपूजा भए कम्फर्टेबल,
कसैलाई पशुपति क्षमापूजामा गए कम्फर्टेबल ।।

कसैलाई संसद पुनस्थापना हुँदा कम्फर्टेबल,
कसैलाई सोझै चुनावमा जाँदा कम्फर्टेबल ।
कसैलाई (नेकपा) चरक्कै फुट्दा कम्फर्टेबल,
कसैलाई नेका-जसपासँग जुट्दा कम्फर्टेबल ।।

कसैलाई संसदबिनै अध्यादेश आउँदा कम्फर्टेबल,
कसैलाई संसद नगै तलब पाउँदा कम्फर्टेबल ।
कसैलाई नरेन्द्र मोदी दाहिना भए कम्फर्टेबल,
कसैलाई व्याकअपमा चाइना भए कम्फर्टेबल ।।

कसैलाई खल्तीको राष्ट्रपति कम्फर्टेबल,
कसैलाई चल्तीको सभामुख कम्फर्टेबल ।
कसैलाई मार्सीको भात खाँदा कम्फर्टेबल,
कसैलाई लुसुक्क भारतजाँदा कम्फर्टेबल ।।

कसैलाई शिलान्याश गर्न पाए कम्फर्टेबल,
कसैलाई भाषणमा गाली आए कम्फर्टेबल ।
कसैलाई घोषणापत्र नसम्झाए कम्फर्टेबल,
कसैलाई जनतालाई ढाँट्न पाए कम्फर्टेबल ।।

यौटा गुटलाई बालुवाटार र सिंहदरबार कम्फर्टेबल
अर्को गुटलाई माइतीघर र खुमलटार कम्फर्टेबल ।
जनतालाई नेकपाको रडाको नभए कम्फर्टेबल,
बुढा र असफल नेता सत्तामा नगए कम्फर्टेबल ।।

भानुभक्त आचार्य

प्रोफेसर एवं संचारबिज्ञ, क्यानडा

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१