होटल तथा पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर देखिएको छैन : होटल व्यवसायी

जागरणपोस्ट १६ फाल्गुन २०७७, आईतवार १९:१६

रुपन्देही : होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् । उनीहरुले अन्य क्षेत्रका उद्योगलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने माग गरेका हुन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारले स्पष्ट पर्यतन नीति बनाउन व्यवसायीहरुको माग छ ।

आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको बताए । पर्यटन व्यवसायीले सरकारले दिएको पुनरकर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदापनि आधिकारिक निकायमहरु मौन रहेको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताए । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्याता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहाले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताए । पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी लागेकाले लगानीको संरक्षण र व्यवसायमैत्री वातावरण बनाउने दायित्व सरकारको भएको बताउँदै उनले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधा उपलब्ध गराउन माग गरे । पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी गराए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सचिव माधव नेपाल, हानका केन्द्रिय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बांके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुइटेल लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६