ब्रेकिङ न्युज:

सरकारले फेरि ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्दै

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १५:४०

काठमाडौं : सरकारले पुन कोरोनाविरुद्धको खोप किन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५० लाख डोज ‘कोभिसिल्ड’ खरिद गर्न लागेको हो ।

यसअघि ४ डलरमा २० लाख खोप खरिद गरेको भएपनि अब खरिद गर्न लागेको खोप ५ डलर पर्न आउने मन्त्रालय स्रोतले जनाएको छ । यसअघि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप मन्त्रालयले पुनः खरिद गर्न लागेको हो । यसअघि ४ डलरमा २० लाख खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानीसहित सम्झौता गरेको थियो । जसमा १० लाख डोज आइसकेको छ भने बाँकी १० लाख डोज आउने क्रममा रहेको बताइएको छ ।

अब मन्त्रालयले पुन किन्न लागेको खोपको मूल्य खुला बजारको दरमा हुने बताइएको छ । गत माघ पहिलो हप्ता भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानस्वरूप दिएपछि नेपालमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सुरु भएको थियो । त्यस्तै आगामी फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाउने तयारी थालेको सरकारले यसअघि भारतबाट अनुदान पाएको ५ लाख र खरिद गरेको थप २० लाख डोज प्रयोगमा आउने बताएको छ । खरिद गरेको मध्ये १० लाख डोज खोप आइसकेको छ भने १० लाख आउने क्रममा छ ।

त्यसैगरी अबको केही दिनमा नै चीनले अनुदानस्वरूप दिने भनेको ५ लाख डोज खोप र कोभ्याक्स अन्तर्गतको ३ लाख डोज खोप आउन लागेको पनि मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ लाख डोज चीन सरकारको सहयोगमा र ३ लाख २४ हजार डोज खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत आउन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४