काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा मंगल रावललाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा रावललाई कार्यबहाकको जिम्मेवारी दिएका हुन् । डा रावल प्रतिष्ठानको निर्देशक हुन् ।