ब्रेकिङ न्युज:

घाइते पत्रकारलाई उद्धारः उपचारका लागि कोल्टी ल्याइयो

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १८:०८

मार्तडी : जिल्लाको पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिका–१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको प्रेस युनियन बाजुराले जनाएको छ ।

समाचार सङ्कलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन् ।

लडेर घाइते भएका पत्रकार पण्डितको आइतबार स्थानीय प्रशासन र प्रदेश सरकारले उद्धार गर्न पहल गर्दा पनि अबेर भएकाले उद्धार हुन नसक्दा आज स्थानीयवासी र प्रहरीको सक्रियतामा घोडामा ल्याइएको प्रेस युनियनका सचिव तथा पत्रकार प्रशान्तराज जोशीले राससलाई जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारी अनुसार विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि आज नै पण्डितको घोडामार्फत उद्धार गरिएको बताउनुभयो । घोडामा चढाएर पण्डितलाई हुम्ला जिल्लाको ताक्लाकोटबाट हिमाली गाउँपालिकाको गाडीमार्फत कोल्टी ल्याइएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्षको पहलमा गाउँका स्थानीयवासीको घोडामा सो ठाउँ पु¥याएपछि सडकको पहुँच भएको ठाउँमा गाउँपालिकाको गाडीमा कोल्टी ल्याइएको अध्यक्ष मल्लले राससलाई बताउनुभयो । घाइते भएका पण्डितको थप उपचारका लागि हवाइ जहाजमार्फत नेपालगञ्ज पठाउने तयारी भएको अध्यक्ष मल्लको भनाइ छ ।

लडेर घाइते भएका पण्डितको टाउको र शरीरका अन्य भागमा चोट लागेकाले जिल्लामा सम्भव नहुने भएकाले हवाइजहाजमार्फत थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी थालेको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४