ब्रेकिङ न्युज:

बोरामा टाउको, स्याउलाले ढाकेको अवस्थामा गुल्मीमा एक युवतीको शव फेला

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १७:५७

गुल्मी : गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ भाडगाँउमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

सोहि गाउँमा गत माघ २९ गते रातीदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शब सोहि युवतीको हुनसक्ने प्रहरी र आफन्तीको अनुमान गरेका छन् ।

स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । युवतीको शव घरनजिकै झण्डै डेढसय मिटरको दुरीमा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको (डिएसपी) पाण्डेले बताए ।

शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान हुन बाँकी रहेपनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४