एजेन्सी : फ्रान्स अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जीत : पूर्व राष्ट्रपति (२००७ देखि २०१२) निकोला सार्कोजीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फ्रान्सको भ्रष्टाचारका मुद्दा हेर्ने अदालते तीन बर्षको जेल सजाय तोकेको छ । उनीमाथि भ्रष्टाचार गरेको र घुस दिएको (शक्तिको दुरुपयोग गरि प्रभाव पार्न खोजेको भन्ने पनि बुझ्न सकिन्छ) आरोपमा यो जेल सजाय तोकिएको हो ।
उनीसंग उनका दुई वकिलहरु Thierry Herzog (चेरी हेर्जोग) र Gilbert Azibert (जिबेर् आजिबेर्) लाई पनि सार्कोजीको भ्रष्टाचारको फाईल मिलाउन सांठगांठ गरेको आरोपमा उति नै सजाय सुनाईएको छ । यो पटकको दन्ड मेक अपको दुनियामा ख्याति प्राप्त फ्रान्सेली कम्पनी ओरेयाल ( L’oreal) का मालिक्नी लिलियान बेतंक्कूर् (Liliane Bettencourt) संग चुनाव लड्नकालागि पैसा लिएको बेलाको सांठगाँठ संग सम्बन्धित छ । यो निणर्यका विरुद्द सार्कोजी उच्च अदालत जादैछन् ।
चेरी हेर्जोग अन्नपूणर् हिमाल प्रथम आरोही मोरिस हेर्जोगका छोरा हुन् । उनी फ्रान्सका प्रख्यात वकिल मध्ये एक हुन् ।
यिनै सार्कोजी माथि आउने मार्च १७ तारिख अर्को भ्रष्टाचारको मुद्दा (Dossier Bygmalion) बारे पनि सुनुवाई हुदैछ । यो मुद्दामा निकोलास सार्कोजी पार्टी (UMP)को हुदाँ एक करोड ८० लाख युरोको फर्जी बिल बनाईएको संग सम्बन्धित छ ।
त्यसो त सार्कोजीमाथि लिवियाका पूर्व राष्ट्रपति मुआमार कद्दाफीलाई सत्ताच्युत गरेको र फ्रान्सेली सेना प्रयोग गरेर मारिएको दोषारोपण छ ।
कद्दाफीका छोराले सार्कोजीलाई दोस्रो पटक राष्ट्रपति चुनाव लड्दा आफ्ना पिताले लाखौँ यूरो सहयोग गरेको र त्यो तिर्नुभन्दा सेना लगाएर मारेको आरोप लगाउंदै आएका छन् ।
सार्कोजी घटना पछि फ्रान्सका राजनीतिज्ञहरुले देशको कुरुप तस्विर बाहिर आएको र फ्रान्सेली प्रजातन्त्रले लज्जाबोध गरेको प्रतिकृया दिएका छन् ।