ब्रेकिङ न्युज:

‘अहिले कसैले हटाउन सक्छ भने हटाओस्, अबको डेढ, दुई वर्षपछि हुने चुनावमा दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किन्छु’ : प्रधानमन्त्री ओली

जागरणपोस्ट १८ फाल्गुन २०७७, मंगलवार १८:४६

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् । खझापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–माधव समूहले ओली सरकार कम्फर्टेबल नभएको बताएका हुन् ।

केही दिनअघि व्यक्त भएको प्रतिक्रियालाई कटाक्ष गर्दै उनले नेपाली जनताले दुःख पाए पाउन् तर अर्काका लागि कम्फर्टेबल सरकार नभएर नेपाली जनतालाई चाहिएको बताए । नेपाली जनताका लागि काम गर्ने, आवास, खानेपानी, बाटो, विद्यालय, बालबालिकालाई पुस्तक दिने सरकार चाहिएको उनको भनाई थियो ।

देशको स्वतन्त्रता, संप्रभुता, स्वाधीनतालाई सुरक्षित गर्दै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध बनाउने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनताले दुःख पाए पाऊन् तर अर्काका लागि कम्फर्टेबल सरकार बनाउनुतर्फ लाग्न नहुने बताए ।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले बैंकको ऋण लिनेदेखि अन्य सहयोगमा केही व्यवधान भए कानुन पनि संशोधन गरेर अगाडि बढ्ने बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा ब्युउँताएर केही नबिग्रिएको बताए । प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाइसकेको बताउँदै राम्ररी अधिवेशन चलाएर अगाडि बढ्न आफ्नो भूमिका सकारात्मक हुने दावी पनि गरे ।

आफू यो पाउँ, त्यो पाउँ भन्दै कहीँकतै मुद्दा तथा निवेदन हाल्न नगएको बताउँदै उनले भने, ‘म माग्न जाँदा नेपाली जनताको बीचमा जान्छु, ममाथि अन्याय भयो, तपाईंहरुले न्याय दिनुहोस् भनेर ।’

प्रधानमन्त्री ओलीले अहिले कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती पनि दिए । कुनै शक्तिले हटाएपनि चुनावमार्फत दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किने उनले दाबी गरे ।

‘अहिले कसैले हटाउन सक्छ भने हटाओस्, अबको डेढ, दुई वर्षपछि हुने चुनावमा दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किन्छु ।’ सरकारको आलोचना गर्नेहरुलाई धन्यवाद दिँदै भएका कमीकमजोरी सुधार्दै जाने अवसर मिलेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४