ब्रेकिङ न्युज:

अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त

जागरणपोस्ट १८ फाल्गुन २०७७, मंगलवार १९:००

अबुजा : नाइजेरियामा शुक्रबार एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ ।

जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भन्नुभयो, “सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मङ्गलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ ।”

विद्यार्थीहरूको रिहाईका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ ।

गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलार्ई अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ । छिट्टै उनीहरूलाई आ–आफ्ना अविभावकको जिम्मा लगाइने उहाँले बताउनुभयो ।

यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए ।

गभर्नरले उनीहरूको रिहाईका लागि कुनै फिरौती नतिरिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४