नेपाली कांग्रेसका ऐतिहासिक योद्धासंग अन्तक्रिया

जागरणपोस्ट २० फाल्गुन २०७७, बिहीबार १२:५५

न्युयोर्क : आज मार्च २, २०२१ मा यस गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापती श्री त्रैलोक्यप्रताप शेनलाई संस्थाका अध्यक्ष श्री सोमनाथ घिमीरेले स्वागत गरे । नेपालको वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भुमीका र पार्टीका विगतदेखी वर्तमानसम्मका गतिविधि, आगामी दिनमा आएका चुनौती एवं अवसरहरूको बारेमा करीव ३ घन्टा छलफल गरीएको थियो ।

सो कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, राजेश आचार्य, ध्रुव कुवँर, नेपाली काँग्रेस सोलुखुम्वुका युवा नेता विजय थुलुंग, जनसम्पर्क न्युयोर्कका उपाध्यक्ष शोभाकान्त पाण्डे, समाजसेवि बिनोद चापागांई, वकिल अमर खत्री लगायतले समसामयिक विषयमा अन्तक्रियात्मक छलफल गरेका थियो ।

नेता शेनले आफुले स्व. गिरीजाप्रसाद कोईरालाको निर्देशनमा सर्वप्रथम भारतवाट वि.पी. कोईरालाले स्थापना गर्नुभएको जनसम्पर्क समितिलाई अझै सुध्रिढीकरण र ससक्त रुपले गठन गरी पार्टी र यस्को वैचारिक मर्मलाई अन्तर्राष्ट्रीयकरण गरेको, अमेरिकाआई धेरै संघर्ष गर्दै जनसम्पर्क गठन गरेको, पार्टीका दुईधारलाई एकै बनाई जनसम्पर्क समिती अमेरिकाको ऐतिहासीक एकता अधिवेशन कनेक्टीकटको हार्टफोर्डमा सम्पन्न गरेको, लामो समयसम्म पार्टी केन्द्र र गिरीजावावुको नेतृत्वमा रही धेरै देशहरूमा केन्दीय सदस्य सरहको हैसीयतमा रही संगठन विस्तारमा लागेको रोचक स्मरण प्रस्तुत गरे ।
गुल्मीको खान्दानी शेन, राजखान्दानमा जन्मिएर आफुले वाल्यकालमै घर परीवारजनमा विद्रोह गरी काँग्रेसको राजनितीमा लागेको, नववपरासी काँग्रेसका नेता सुर्यभक्त अधिकारीको छोरो सरह भै वहाँकै चेलाको रूपमा करीव २ वर्ष वककंहाकै घरमा वसी काँग्रेसको वफादार सिपाहीको रूपमा काम गरेको र २०४६को जनआन्दोलन पश्चात वहुदल आएपछी घर फर्कंदा परिवारले आफुसँग क्षमा मागी काँग्रेसको राजनिती स्विकारेको विगत र संघर्षको इतिहास सुनाए ।

सो कार्यक्रममा सोलुखुम्वुका युवानेता विजय थुलुगंले आफु लामो समयसम्म अमेरिका वस्दा सधैं देश र पार्टीका खातीर भौतीक, नैतिक र आर्थिक सहयोग गरीरहेको र अव छिट्टै जिल्ला केन्द्रीत भै राजनिती र समाज सेवा गर्ने उद्देश्यले सदाका लागी अमेरिका त्यागी नेपाल फर्कन लागेको बताए । युवा नेता थुलुगंले जनसम्पर्क समिती अमेरिकाको यस्तो हालत हुनुमा नेतृत्व चुकेको र कांग्रेसीले कांग्रेसीलाई नै नचिनेको कारण भएको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवर्ण लामाले आफु निष्ठाको राजनीतिका लागी सदा ईमान्दार सिपाही रहेको र सिद्धान्त र निष्ठाका लागी हर्दम लडीरहने बताए । कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले काँग्रेसले देश संकटमा पर्दा सधैं आफुले नेतृत्व गरी वचाएको र ईतिहासले फेरी त्यो अवसर आएको र सत्ताका लागी नभै देशलाई कम्युनिस्टको लडाईंवाट मुक्त गर्न फेरी नेतृत्व गर्नुपरे सो मौका चुकाउन नहुने कुरा बताए । कार्यसमिती सदस्यद्वय राजेश आचार्य र ध्रुव कुवँरले विभिन्न प्रश्नहरू राख्दै नेता सेन सँग समसामयिक परिवर्तन बारे पनि अन्र्तक्रिया गरे ।

फाउन्डेशनका अध्यक्ष घिमीरेले पार्टी र देशका खातीर आफु सदा लडीरहेको र गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको नेतृत्व गर्दै युगपुरुष स्व. गिरिजा बावु को नाममा स्थापित फाउण्डेशनलाई विश्व भर चिनाउदै लोकप्रिय बनाउने र प्रजातन्त्र, शान्ति र विकासका लागी अझै समर्पित भएर हरेक गतिविधिमा आफु कटिबद्ध भएर लाग्ने बताए ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५