ब्रेकिङ न्युज:

रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालय डिन कार्यालयको उद्घाटन

जागरणपोस्ट २१ फाल्गुन २०७७, शुक्रबार १३:५७

रुपन्देही । रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालयको डिनको कार्यालय उद्घाटन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार कार्यालयको ल्यापटप मार्फत उद्घाटन गरेका हुन् ।

नेपाल सरकार मन्त्री परिषदको निर्णयले फागुन ११ गते लुम्बिनी वौद्ध विश्व विद्यालयको लागि देवदह नगरपालिका–८ स्थित बुुद्ध सामुदायिक वन क्षेत्रको करिव १ सय विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेकपा महासचिव समेत रहेका मन्त्री पौडेलले लुम्बिनी बौद्ध विश्व विद्यालयले अब देवदहको विकास सुरुवात गरेको बताए । यो बेला योगदानको लागि प्रतिस्पर्धा गर्ने बेला भएको बताउदै उनले विकासको अभियानमा सबै लाग्न अनुरोध पनि गरे । उनले बनचौकी देखि मायादेवी पार्क बुद्ध परिपथ जोड्ने सडक ४ लेनको बाटो डिजाईन गरेर प्रस्ताव पठाउन आग्रह गर्दै कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।


कार्यक्रममा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छबिलाला विक्ष्वकर्मा, लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, देवदह नगरपालिका उप–प्रमुख विद्या लक्ष्मी गुरुङ लगायतले अब देवदहवासिका खुशीका दिन आएको र यस कार्यमा पहल गर्ने सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै कार्यलयका डिन उकेशराज भुजुले विश्वविद्यालयमा शुक्रबारबाट नै पठनपाठन सुरु भईसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४