ब्रेकिङ न्युज:

कपिलवस्तुमा लुम्बिनी फोटोग्राफर संघको क्षेत्रगत समिति गठन

जागरणपोस्ट २२ फाल्गुन २०७७, शनिबार १९:३६

कपिलवस्तु : जिल्लामा लुम्बिनी फोटोग्राफर संघको क्षेत्रगत समिति बनेको छ । शनिबार बाणगंगा नगरपालिका ४ मा भएको एक कार्यक्रमका बिच रामचन्द्र बेलबासेको संयोजकत्वमा फोटोग्राफरहरुको ७ सदस्यीय क्षेत्रगत समिति बनेको हो । समितिको सचिवमा कर्णबहादुर तिवारी र कोषाध्यक्षमा प्रकाश चौधरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा लेखनाथ पौडेल, रिता अधिकारी, कृष्ण खनाल र प्रेम बहादुर रहेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिश पन्थले शुभकामना र बधाई दिए । उनले समितिले अब थप जिम्मेवार भएर काम गर्ने विश्वास पनि ब्यक्त गरे । एकै फोटोले संसारमा धेरैलाई चर्चित बनाएको र बदनाम पनि बनाएकोले फोटोमा धेरै अर्थ हुने उनको भनाई थियो । साथै फोटोग्राफीमा लाग्ने व्यक्तिहरु पनि पत्रकार भएको भन्दै उनले पत्रकारितामा पनि राम्रो सम्भावना रहेको औँल्याए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवी रेश्मीले फोटोग्राफरहरुले पेशालाई ब्यवसायिक र मर्यादित बनाउनुपर्ने धारणा राखे । कार्यक्रमका अध्यक्ष बेलबासेले नयाँ समितिले कपिलवस्तुमा सक्रिय फोटोग्राफर र भिडियोग्राफरको हक र हितको लागि काम गर्नेे बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१