मेलम्ची र सियोल-बुसान राजमार्गको कथा

जागरणपोस्ट २३ फाल्गुन २०७७, आईतवार १०:२४

लामो प्रतिक्षा पछि मेलम्ची खानेपानी आयोजनाको पानि काठमाडौंमा आईपुग्यो । यो दृश्य हेर्न हाम्रा प्रधानमन्त्रि केपी शर्मा ओली पनि सुन्दरीजल पुग्नु भयो।नजानु पनि किन आखिरी मेलम्चीको सपना नेपालीले देख्न थालेको २९ बर्ष भयो ।

नेपाली कांग्रेसका नेता तथा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु‘ भनेका थिए । यो बिचमा नेपालले १८ जना प्रधानमन्त्रीको शासन देखिसकेको छ । मेलम्ची खानेपानी आयोजना यस्तो आँखीझ्याल बनेको छ जसबाट नेपालको बिकाशलाई नियाल्न सकिन्छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य लक्ष्य भनेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँ देखी सुन्दरीजलसम्म
करिब २६ किलोमिटर लामो सुरुङ मार्फत दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउनु हो । यसको निर्माण कार्य एसियाली विकास बैंकको ऋण सहयोगमा आज भन्दा २० बर्ष अगाडी नै सुरु भएको थियो ।

किनकि एउटा कुनै आयोजना पुरा हुन २० बर्ष लाग्नु अत्यन्त लाजमर्दो कुरो हो । यसले एकातर्फ नेपाल जस्तो बिपन्न देशको अमुल्य साधन श्रोतको दुरपयोग गरिरहेको हुन्छ भने अर्को तर्फ राष्ट्रिय मनोबल लाई पनि क्षयीकरण गरिरहेको हुन्छ। जव सरकारले कुनै एउटा ठुलो आयोजना सुरु गर्छ जसले देशमा व्यापक परिवर्तन ल्याउन सकोस ।

त्यस्तो आयोजना लाई समयमै वा समय अगावै सम्पन्न गर्न राष्ट्रले आफ्नो सम्पूर्ण साधन श्रोत लगाउनु पर्छ । नेपालमा त्यस्ता ठुला आयोजनालाई राष्ट्रिय गौरबका आयोजना भन्ने नाम त राखिन्छ तर ब्यबहारमा न तिनीहरुलाई राष्ट्रिय गौरबको रुपमा हेरिन्छ न ब्यबहार नै गरिन्छ। नेपालमा ठुला आयोजनालाई सुनको अण्डा दिने कुखुराको रुपमा हाम्रा शासकहरुले लिने गर्छन ।

आयोजना जति लम्ब्याउन सक्यो उति धेरै छ्याकन टिप्न पाइन्छ भने किन त्यसलाई समयमै सकेर आफ्नो आयश्रोत बन्द गर्ने मुर्खता हाम्रा नेताहरुले गर्थे रु यहि छ्याकन टिप्ने लोभका कारण नेपालमा तथाकथित राष्ट्रिय गौरबका आयोजनाहरु निर्धारित समयमा कहिले पुरा हुदैनन। दक्षिण कोरियाको बिकाशको आधारशिला मानिने सियोल(बुसान राजमार्गको निर्माण सन् ६० को दसकको अन्त तिर भएको थियो ।

सन् ७० को दशक सम्म दक्षिण कोरिया आर्थिक रुपमा उत्तर कोरिया भन्दा पछाडी थियो । सन् १९६१ मा सैनिक बिद्रोह मार्फत सत्तामा आएका मेजर जनरल पार्क चुंग-हि ले उत्तर कोरिया संग प्रतिस्पर्धा गर्न तिब्र आर्थिक बिकाश गर्ने र बलियो सेना बनाउने नीतिमा जोड दिए । उनि एकदमै कठोर तानाशाह थिए। पार्क चुंग-हिको लागि बलियो सेना बनाउनु कुनै गाह्रो काम थिएन किनकि अमेरिकाले दक्षिण कोरिया लाई रक्षा गर्न ठुलो संख्यामा त्यहा आफ्नो सेना तैनाथ गरेको थियो ।

तसर्थ दक्षिण कोरियालाई उत्तर बिरुद्धको विचारधारात्मक लडाई जित्न कम्युनिस्टहरु भन्दा आफ़ुलाई आर्थिक रुपमा उत्कृष्ट प्रमाणित गर्नु पर्ने थियो । पार्क चुंग-हि ले दक्षिण कोरियाको बिकाश लाई गति दिन राजधानी सियोल लाई अर्को औधोगिक क्षेत्र बुसान संग जोड्ने ४२६ किलोमीटर लामो राजमार्ग बनाउने महत्वाकांक्षी योजना बनाए । तर, उनको राजमार्ग निर्माण गर्ने योजनालाई देश भित्र र बाहिर कसैले पनि गम्भीरता पुर्बक लिएनन् ।

जसले थाईल्याण्डमा जम्मा ६९ किलोमिटर लामो राजमार्ग निर्माण गरेको थियो। पार्क चुंग-हि सियोल-बुसान राजमार्ग लाई राष्ट्रको प्रतिष्ठाको बिषय बनाउदै देशको सम्पूर्ण शक्ति यसैमा केन्द्रित गरे । यो राजमार्ग निर्माणको लागि ठुलो संख्यामा सेनाको प्रयोग गरियो। निर्माण कार्य लाई तिब्रता दिन पार्क चुंग-हि ले राजमार्ग निर्माण अबधी २९ महिना भित्र निर्माण स्थलको ३३ चोटी औपचारिक भ्रमण गरे। अनौपचारिकको त कुनै गन्ति नै भएन ।

सो राजमार्ग निर्माणमा राज्य मात्र होईन नीजि क्षेत्र पनि त्यति नै तत्परताका साथ लागेको थियो। राजमार्ग निर्माणको क्रममा सुरुङ्ग बनाउदा साधारण सिमेन्टको प्रयोग गर्दा त्यसलाई सेट हुन् लामो समय लाग्थियो । तर निर्माणको ठेक्का पाएको हुन्डाई कम्पनिले आफुलाई घाटा लागे पनि तोकिएको समयमा काम सक्न छिटो सेट हुने महँगो सिमेन्ट प्रयोग गर्यो । अन्तत ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सियोल-बुसान राजमार्ग २९ महिनामै बन्यो।

नेपालको मेलम्ची खानेपानी आयोजना र दक्षिण कोरियाको सियोल-बुसान राजमार्गको निर्माणको कथा लाई तुलना गरेर हेर्दा केही महत्वपूर्ण कुरा बुझ्न सकिन्छ । आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको र रास्ट्रीय स्वार्थ लाई सर्वोपरी ठान्ने व्यक्तिले मात्र देशको चमत्कारिक बिकाश गर्न सक्छ ।

क्षुद्र व्यक्तिगत स्वार्थमा रमाउने नेतृत्व बाट देश बिकाश हुन सम्भव छैन । उनीहरुले बाड्ने सम्वृद्धिका सपना मुंगेरीलाल के हसिन सपने बाहेक अरु केही होईनन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८