राजनीति र राजनीतिज्ञ

जागरणपोस्ट २५ फाल्गुन २०७७, मंगलवार १६:४५

पृथ्वीध्वज खाँण//

दुईतिहाइको बहुमत प्राप्त नेकपाको सरकार भनेर अस्तिसम्म आफ्नो आफैले बखान गरेर नथाक्ने नेपालका कम्युनिष्टहरु हिजोबाट एकअर्कालाई गालीगलोज र अपशब्द प्रयोग गरेर निच र महान बनाउने व्याख्या गर्न थालेका छन् ।

दुरदर्शिता भन्ने कुराको ज्ञान नभएर होला सायद यी नेताहरुले यस्तो क्षणिक कदम चाल्ने गरेको, या सायद खेलो पद र प्रतिष्ठाको सबैभन्दा उच्च हुनुपर्छ यी नेताहरुको लागि । होईनभने कसरी यस्तो कच्चा काम गर्न सक्छन् ? जनताको मत लिएर गएको नेताले !

के कुरा होला यिनीहरुले एकअर्काको बुझ्न नसकेको ? आफै मिलेर तयार पारी लागुगरेको संबिधान पनि यिनीहरुले पक्ष र बिपक्षमा व्याख्या गर्न भ्याउँछन्, यहि संबिधान मिच्ने र संबिधान कै मान मर्यादा तोडेर विभिन्न असंबैधानिक कदम अघि बढाउनपनि पछि पर्दैनन् ।

अन्त्यमा यिनीहरुले गरेको हरेक गलत प्रक्रियालाई सर्बोच्चले व्याख्या गरेर तिमीहरु यो यो कुरामा गलत छौ, तिमीहरु अब यो यो गरेर अगाडी बढ भनेर भनिदिनुपर्र्ने । सर्बोच्चको निर्णयपछि मात्र  आफुहरुको अस्तित्व बुझ्न र संचालनमा ल्याउन सक्ने स्थितिमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो अस्तित्व बल्ल बुझ्दै छ ।

सुरुवाती अवस्थामा नेपालमा कम्युनिष्टहरु एक रुप, मार्ग दर्शन, दुरदर्शिता, विचार बोकेर असल व्यक्तिहरु कम्युनिष्टमा होमिएर नेपाली जनताको दुःख कष्टहरु निवारण गर्ने श्रमको उचित व्यवस्थापन गर्दै देश विकाश गर्ने सार्मथ्य जुटाउँदै अगाडी बढेका थिए । तर लामो समयको अन्तरालमा आएर आजको दिनसम्म आइपुग्दा भने सच्चा, इमान्दार, देश र जनताप्रति जवाफदेही हुने भन्दा आफ्नो निजि, व्यक्तिगत स्वार्थमा लिन हुने, पद र प्रतिष्ठाको निम्ति जस्तो सुकै निच काम गरेर भएपनि आफ्नो स्वार्थ पुरा गर्ने व्यक्तिहरु राजनीतिक पार्टीमा हाबी भएको देखिन्छ ।

आजको स्थितिमा नेपालको समाजमा प्रगति गर्नको लागी क्षमता मात्र भएर नपुग्ने अवस्था आएको छ, तपाई कुनै पार्टीसंग संलग्न हुनुहुन्न भने तपाई सधैको लागि पछाडी पर्न सक्ने स्थिति देखा पर्न थालेको छ । लगाव, स्वार्थ या बाध्यता कुनै एक कारणले तपाई पार्टीमा संलग्न हुनैपर्ने सामाजिक परिवेश बन्दै गएको छ ।

स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार भएतापनि नेपालमा स्वतन्त्रताको अभाव नेपालीहरुले महसुस गर्न थालेका छन् । जे होस् नेपालमा राजनीति गर्न अग्रसर भएर लागिपरेका नेपालीहरुले आफ्नो आचरण सुधारेर आउनु जरुरी छ । यससंगै पार्टीभित्र हुने गलत व्यक्तिहरुको अराजनैतिक क्रियाकलापहरुलाई पनि पार्टी भित्र रहेका असल राजनैतिक गर्ने समुहले नियन्त्रणमा लिनु अति आवश्यक छ ।

आफ्नो भविष्यको बारेमा सोच्ने मानिसले गाउँ, समाज, संस्कृति, देशको बारेमा सोचेर अघि बढ्ने निर्णय गरेर अघि बढेको हो भने लोभलालच छोडेर निस्वार्थ रुपमा अघि बढ्नुहोस् ।

कृपया हाम्रो देशको विकासको नक्शा कोर्ने दिशामा कम्युनिष्ट पार्टीमा आवद्ध भएर लाग्नुहुने सम्पूर्णमा हामी संसारभर छरिएर रहेका नेपालीहरुको भावनामा ठेस पुग्ने कुनैपनि काम नगर्नुहोला । जय राष्ट्र

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८