सन्दीप थापा
पाल्पा , असार १६ –
परिक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण बर्सेनी कैयौँ विद्यार्थीहरूले अनपेक्षित नतिजा प्राप्त गर्दा आत्महत्या गर्ने चलनले यस वर्ष पनि निरन्तर्ता पाएको खबर जब अखबारको अघिल्लो पृष्टमा आउँछ तब मथिङ्गल बेजोडले हल्लिन्छ, अन्तस्करणले एकोहोरो शंकनाद गर्छ, मनले मस्तिष्कसंग बिद्रोह गर्छ, भारी हृदय दुखेर आँखाबाट पिडाको जल बर्सन्छ। दस वर्षदेखीको मिहिनेतलाई प्रमाणपत्रमा अङ्कित गर्ने सुनौलो चाहाना बोकेर माध्यमिक शिक्षा परिक्षाको नतिजा कुरिरहेका दुई वालिका, झापाकि सलिना ढकाल र अर्घाखाँचीकी सदिक्षा पौडेल ले नतिजा प्रकाशन भएको खबरको सुइको पाउनासाथ मोबाइल खोल्छन् र नतिजाका लागी वेब साइट ब्राउज गरेर सिम्बोल नंवर टाइप गर्छन् । मुटुले घन्टी बजाईरहेको हुन्छ बेग्र प्रतिक्षा र असिम उत्कट कुत्कुताहटपुर्ण आवाजमा ढुकढुक गर्दै। नतिजामा देखिन्छ कि उनीहरूको अपेक्षा आकाशको फल आँखा तरि मर भएको। उनीहरूले अपेक्षा गरेका थिए ३.६ भन्दा धेरै जिपिए अथवा भन्न नमिल्ने तर भन्दा बुझिने भाषामा भन्नुपर्दा सबैले भन्ने गरेको, आउट स्ट्यान्डिङको दर्जा दिईने गरेको उत्कृष्ट अक्षेराङ्क ए जोड चिह्न (A+) तर भैदिन्छ अनपेक्षित अनि सपनामा सम्म पनि कल्पना नगरेको कुरो
परिक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गर्दा पोहोर परार जस्तै गर्ने गरेको गंभिर लापरवाहीको कार्यक्रमलाई यस वर्ष पनि दोहोर्यायो ।
विद्यार्थीहरूको नतिजा प्रकाशन गरेपश्चात प्राविधिक त्रुटी भएको भन्दै पुनः अर्को दिन अझ भनौ चौबिस घण्टापछी अर्कै नतिजा प्रकाशन गर्ने प्रचलनलाई यस वर्ष पनि कहाँ त्याग्न सक्थ्यो र? यो त उसको संस्कृति हो नि, संस्कृतिको त संरक्षण गर्नुपर्यो नि उसले पनि । परम्परादेखि चलिआएको चलनलाई यसवर्ष चटक्क छोड्दा पनिकाका कर्मचारीहरूको मन कटक्क दुख्दोहो ।
संस्कृतिको उपहास गर्न परिक्षा नियन्त्रकको मनले पनि मान्नुपर्यो नि। त्यसैले त यस वर्ष पनि विद्यार्थीहरूलाई तड्पाउने अनि उनीहरूको छट्पटाहटमा, बेग्रतामा, विस्मयतामा, रमाउने सुर कस्न पछि परेन पनिका
एसएलसी र एसइइको नतिजामा त्रुटी भएकै कारण विद्यार्थीहरूले जस्तोसुकै कदम पनि चाल्न सक्छन् भन्ने कुरापनिकाले बुझेर पनि बुझपचायो भनौ कि गल्ती सच्चाउने जाँगर चलाएन भनौ जे भने पनि विद्यार्थीहरूलाई मारमा पार्न खोजेको कुरोचाहिँ सत्य हो । विशेषत किशोरावस्थाको लालित्यमा, त्यसको प्रबल आमोदप्रमोदमा, अलौकिक चञ्चलतामा रमाइरहेका योवनावस्थाको मध्यावस्थामा रहेका विद्यार्थीहरूले नै एसइइ दिएका हुन्छन् । चौँध देखी सत्र अठारसम्मको अपरिपक्क उमेरसमुहका एसइइको घोडा सयर गरेका विद्यार्थीहरू संबेगात्मक, मनोवैज्ञानिक र सामाजिक रुपमा समेत अस्थिर मस्तिष्क र सहिर उचित निर्णय गर्न सक्ने पुर्णतया परिपक्क भैसकेका नहुन सक्छन् भन्ने पनिकालाई राम्ररी नै थहा हुनुपर्छ । अनि पनिकालाई यो पनि राम्ररी जानकारी हुनुपर्छ कि यस उमेरका विद्यार्थीहरू मुलत केटाकेटी र बयस्क दुबैको स्वभावका हुन्छन्, अल्लारे हुन्छन्, अप्रत्याशित निर्णय गर्छन्, मन् । दोधारपुर्ण अवस्थाबाट गुज्रिएको यो अन्यौलग्रस्त उमेरको बन्धनमा बाँधिएका उनीहरूमा तिब्र रुपले देखापर्ने मानसिक र संबेगात्मक परिवर्तनले क्षेणक्षेणमा नै बेचैन बनाइदिन्छ । त्यसैमाथी निकै धेरै अपेक्षा, अझ यसो भनौँ तिब्र महत्वकाङ्क्षा राखेका विद्यार्थीहरूले जब नतिजा पाउनासाथ अनपेक्षित परिणाम प्राप्त गर्छन् तब संसार कालै लाग्न थाल्छ उनीहरूलाई र हतारमा अप्रिय निर्णय गर्छन् भन्ने कुरा पनि पनिकाका विध्वत बर्गहरूलाइ मजस्तो ज्ञानहिन स्कुले विद्यार्थीले जग्जाहेर गराइराख्न नपर्ने हो। तर यति हुँदाहुँदै पनि पनिकाको एउटै गल्ती बारम्बार दोहोरिईरहनुमा कतै क्लेस त छैन? सोँचनिय विषय हो ।
परिक्षाको नतिजापश्चात चित्त नबुझे आत्महत्या गर्ने चलन विशेषत अलि महत्वकाङ्क्षी विद्यार्थीहरूको गलत परम्परा बनेर समाजमा स्थापित हुन लागेको देख्दा मानस्पटल उकुसमुकुस हुन्छ। विद्यार्थी किन यस्तो गलत निर्णयलिन्छन् भनेर मस्तिष्कमा ढ्याङ्ग्रो ठटिन्छ। । अनि आफ्नै अनुभव हृदयको अवचेतन कुनाबाट चेतनातहको पर्दा उतार्छ ।
पनिकाको लापरवाहीको भुक्तभोगी हुने सौभाग्यबाट म पनि अछुतो रहन परेन । कुरो धेरै पुरानो होईन ठिक एक वर्ष अगाडीको यसै समयको हो। नतिजाको पर्खाइमा रहेको म पनि अपेक्षित जिपिए ल्याउन असमर्थ रहेँ। हृदयमा प्रमाणपत्रधारी शिक्षालाई कुनै स्थान थिएन। नेपालको शैक्षिक प्रणाली अब्यवहारिक भएको र प्रमाणपत्र धारी सुघारटुवा शिक्षा केबल कोरा शिक्षा हो भनेर शिक्षकहरूसंग गरमागरम बहस हुन्थ्यो । तर हृदयको अवचेतन कुनामा रहेको अङ्कमोहबाट म पनि बाहेक बन्न सकेको थिएन । अचम्म लागिरहेको थियो, सबै प्रश्नहरू हल गर्दा पनि अझ भनौ सबै सहि लेख्दा पनि नतिजा अनपेक्षित थियो । पछि परिक्षा नियन्त्रण कार्यालयको वेबसाइट खोलेर सिम्बोल नंवर र जन्ममिती टाइप गरेपश्चात तीनछक् पर्ने कुरो भेटियो । दुई विषयको नतिजा अनपेक्षित थियो। यसमा त जसोतसो चित्त बुझाउने बाटो थियो, उत्तर पुस्तक परिक्षक कडा पर्यो होला वा मेरो उत्तरसंग उसको बिमती रह्यो होला। तर अर्को गजबको कुरो पनि थियो त्यहाँ, ऐच्छिक द्वितिय अन्तर्गत मैले फर्म भरेको विषय, प्रवेश पत्रमा भएको विषय अनि परिक्षा दिएको विषय कम्प्युटर तर परिक्षाफल प्रकाशित भएको विषय थियो लेखा। अचम्म लाग्यो, परिक्षा दिएको विषयमा कुनै नतिजा थिएन, नाम सम्म पनि थिएन, तर परिक्षा नै नदिएको फर्म समेत नभरेको र प्रवेश पत्रमा समेत नभएको विषयमा सी जोड चिह्न(C+) को नतिजा आएको थियो । समस्या मेरो मात्र थिएन सहपाठीमित्र जो कक्षामा सधै उत्कृष्ट नतिजा दिने विद्यार्थीहरूको सुचीमा सधै अग्रपङ्क्तिको लहरमा रहे उनको समेत गणितमा डि ग्रेड थियो अन्यमा भने सबैमा ए जोड चिह्न । यति मात्र होइन म अध्ययन गर्ने दमकडा मावि पाल्पाका छ जना विद्यार्थीहरूको नतिजा आएन। चालिस भन्दा बढीको नेपालीमा हुने प्रयोगात्मक परिक्षाको नतिजा जोडिएको थिएन ।
यस्तो खैलावैलाले मस्तसंग निदाइरहेका पनिकाका कर्मचारीहरूको सपनालाई समेत डिस्टर्ब गरेछ क्यारे, सुधारिएको नतिजा आयो, धेरैको सुध्रियो पनि तर हाम्रो सुध्रिएन, नतिजा छुटेकाहरूको पनि नतिजा प्रकाशित भएन । यो सम्म सुनियोकि पुर्वमा एक चेलीले आत्महत्या गरिन् अनपेक्षित नतिजाले, तर सुधारिएको नतिजामा उनको अपेक्षाकृत सफलता झल्किन्थ्यो । पछि एक महिनापछी सरहरूको सहयोगमा हाम्रो बिग्रिएको नतिजा सच्चियो, मेरो कम्प्युटरको र सहपाठीको गणितमा ए जोड चिह्न आयो। मेरो नतिजा बदलियो सहपाठीको पनि । अझ चाखलाग्दो कुरो के छ भने सहपाठी अभिशेख पछाईँ को जिपिए जिल्ला प्रथम हुने अन्य दुइ जना विद्यार्थीहरू अर्पण भुसाल र असिम जि.सी.को जिपिएसंग बराबर आयो। तर दसैँको टिका पौसमा लगाउनुको सार्थकता कहाँ हुनु? नतिजाको सुरुआतमा आउने जुन उमङ्ग कहाँ हुनु यस बाट पनि पनिकामा रहेको ब्यापक लापर्वाहि संग साक्षत्कार हुने अभुतपुर्व सौभाग्य मिल्यो , यति मात्र होईन, परिक्षा नै नदिएको विषयमा नतिजा आउनुले पनिकाले कतै उत्तरपुस्तिका साटफेर गरेर नतिजा त प्रकाशन गर्दैन भन्ने शंकालाई मलजल पुर्यायो ।
यो त अनुभव भयो, मजस्ता अनुभवकर्ताहरू तपाइँ स्वयं हुनुहुन्छ होला। परिक्षा नियन्त्रण कार्यालयको यस्तो हेल्चेक्र्याइँले विद्यार्थीहरूको भविष्य अन्यौलग्रस्त भएको छ । कति अभिभावकहरूको त काख सम्म पनि रित्तो भएको छ । यस वर्ष पनि धादिङका आठ जना विद्यार्थीहरू मेरो जस्तो समस्याले तड्पिइरहेका छन् । परिक्षा नियन्त्रण कार्यालयले ध्यान पुर्याउन नसक्दा अर्घाखाँची र झापाकि किशोरीहरूले मृत्युलाई अङ्गाले।
विद्यार्थीहरूलाई शिक्षकहरूले परिक्षाको नतिजा प्रकाशनका क्रममा आउने त्रुटी सामान्य हो भनेर बुझाउन नसके यस घटनाले आगामी वर्ष समेत निरन्तर्ता नपाउला भन्न सकिन्न । अनि परिक्षा मा अनपेक्षित नतिजा ल्याउँदा नैराश्यताको चाकाचुलीले बिदृण मुटु र घाइते मन बनाएर बसिरहेका विद्यार्थीहरूलाई अभिभावकहरूले अनेकौँ कुराहरूले सताएको पाइन्छ । विद्यार्थीहरूलाइ नानाभातिको पाच्य र अपाच्य गाली गरेर उनीहरूको आलो घाउमा नुनचुक लगाइदिने गर्छन्, साथीहरूले फेसबुकमा राखे? तस्विरले समेत आफुलाइ गिज्जाएको महसुस गर्छन् ती विद्यार्थीहरू अनि आफूलाइ निरिह पाउँछन् , असाह्य महसुस गर्छन्, आफुलाइ संहाल्न सक्दैनन् र अनमोल जीवनलाई खेर फाल्ने दुस्साहस् गर्छन् ।
अभिभावकहरूलाइ मेरो बिन्ती छ कि त्यसबेला तपाइँको छोराछोरिले तपाइँको कटुवचन होइन सान्त्वना चाहान्छन्, त्यसैले उनीहरूमा हेय वा बितृष्णापुर्ण भाव होइन, मित्रवत सान्त्वनापरक अमृतवाणी पिलाइदिनोस्, आक्रोसित भएर नभै संयमित भएर नतिजामा रहेको त्रुटीको कारण पहिचान गर्न थाल्नुहोस्।
हामी सबैले यो बुझ्नु जरुरी छ कि परिक्षामा अनपेक्षित नतिजा ल्याउँदैमा पृथ्वी भासिने पनि होइन, आकाश खस्ने पनि होईन न त जहाज डुब्छ न त तपाइँको भविष्य अन्धकार बन्छ । यसले तपाइँको क्षमता मा कदापी ह्रास ल्याउँदैन, तपाइँसंग भएको ज्ञान तपाइँसंग नै रहन्छ। मात्र मार्कसिटमा प्राप्त हुने अङ्कमा मात्र केही कमी आउला यसले तपाइँलाइ खासै ठुलो प्रभाव पार्दैन। जिन्दगी आफैमा परिक्षा हो, त्यसैले तपाइँले केबल तिन घण्टाको परिक्षामा ल्याएको अङ्कले जीवनका अन्य परिक्षाहरूलाइ प्रभाव पार्दैन, परिक्षामा उत्कृष्ट अङ्क ल्याउनेहरू जीवनको परिक्षामा फेल हुन पनि सक्छन् यदी तपाइँ जीवनको परिक्षामा उत्तिर्ण हुनुहुन्छ भने प्रमाणपत्र धारी परिक्षाको कुरा गौण रहन्छ । आगामी दिनमा तपाइँले थप सुधार समेत गर्न सक्नुहुनेछ ।
यदी तपाइँलाइ आफ्नो परिक्षाफल प्रति चित्त बुझेको छैन भने पन्ध्र दिन भित्र रिटोटलिङ गर्ने अवसर परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । परिक्षा नियन्त्रण कार्यालयमा गएर वा जिल्ला शिक्षा बिकास तथा समन्वेय एकाईमा आवश्यक प्रमाणसहितको कागजात र आवश्यक दस्तुर सहित रिटोटलिङ्का लागी निवेदन दिन पाउने व्यवस्था मिलाएको छ । त्यसको उपयोग गरेर आफ्नो उत्तरपुस्तिकामा त्रुटीभए सच्चाउन सकिने बिकल्प हुँदाहुँदै अनमोल जीवनलाई मृत्युको खाडलमा भसाक्नु कमजोर मुटु भएका कायरहरूले समेत नगर्ने तुच्छ कुरो हो। अनमोल जीवनको अपुर्व आनन्द प्राप्त गर्न तपाइँ कदापी चुक्नु हुदैन । जीवनसंग त सङ्घर्ष पो गर्नुछ । त्यसैले आफुलाइ दरो बनाउनुहोस्।
परिक्षा नियन्त्रण कार्यालयले आगामी दिनहरूमा प्राविधिक त्रुटीहरू गर्ने दुस्साहस पनि गर्ने छैन भन्ने अपेक्षा गरौँ । प्राविधिक गड्बडी हुने आशंकाले नतिजा
ढिलो सार्वजनिक गर्ने तर प्राविधिक कमजोरी हो कि मानविय कमजोरी हो त्यसलाइ सच्चाउन नसक्ने कामले आगामी वर्ष निरन्तर्ता नपाओस् , अनि प्राविधिक कमजोरी भनेर परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरूलाइ छुट दिइरहन पनि हुन्न, किनकि प्राविधिक कमजोरी नभै मानविय कमजोरीका कारण प्रविश्ट गरिएको गलत तथ्याङ्कका कारण नै प्रविधिले गलत नतिजा दिने हो । प्रविधिले त मानिसले जे निर्देशन दियो त्यहि प्रशोधन गरेर सुचना प्रवाह गर्ने हो । मुलत प्रविधीलाइ दोष देखाएर आफू चोखो बन्ने कर्मचारीहरूकोब बिगतका वर्षहरूदेखी उत्तराधिकारको रुपमा प्राप्त बनावटी जवाफ र यस्तो समस्याको सामना आगामी वर्षको परिक्षामा सम्मिलित हुने विद्यार्थीहरूले गर्न नपरोस्
शिक्षक विद्यार्थी अभिभावक , पनिका का कर्मचारीदेखि कनिका खाने सबैलाइ चेतना भया,
लेखक जागरणपोस्टका पाल्पा प्रतिनिधि हुन।
लेखकबाट थप
युवाहरूमा हराएको राजनैतिक जागरण
विद्यार्थीको नजरमा विद्यालय, जेल कि विद्याको आलय
लेखकलाई फेसबुक र ट्विटर मा भेट्न सकिन्छ ।