नयाँ खुलासा – २०१८ सालमैं कांग्रेसले राजा महेन्द्रलाई मार्ने प्रयास गरेको थियो !

जागरणपोस्ट ३ चैत्र २०७७, मंगलवार १०:२७

राजा महेन्द्रलाई मार्ने प्रयास कांग्रेसले २०१८ सालदेखिनै गरेको थियो, जो प्रयास ४० वर्षपछि २०५८ सालमा आएरमात्रै सफल भएको थियो।

राजाले सिंहासन समालेपछि वा कुनै नयाँ कार्यको थालनी गरेपछि देशदर्शनको प्रारम्भ या त विराटनगरबाट गर्ने या त जनकपुरधामबाट गर्ने परम्परा श्री ५ त्रिभुवनको पालादेखि चलेको थियो।

१४ अञ्चल ७५ जिल्लाको संरचना निर्माण र पञ्चायतको रुपरेखा कोरेपछि श्री ५ महेन्द्रले देशदर्शनको प्रारम्भ जनकपुरधामबाट गरिबक्सेको थियो। सो क्रममा कांग्रेसका केही आतंककारीहरुले राजारानी चढेको मोटरमा बम प्रहार गरेका थिए। जानकी माताको कृपाले राजारानीको गाथमा केही भएन केवल मोटरमा केही क्षति पुगेको थियो।

त्यतिखेर जनकपुर अञ्चलको प्रशासनिक र सुरक्षाको दायित्व जनकपुर अञ्चलका अञ्चलाधीश श्री दिलबहादुर श्रेष्ठको काँधमाथी थियो। बमकाण्ड भएपछि उहाँले नैतिकताको आधारमा श्री ५ महेन्द्रसमक्ष अञ्चलाधीशको पदबाट राजीनामा चढाउन खोज्दा राजाबाट हुकुम भएको थियो रे- “बम तिमीले हानेका हौ र? मैले सुरक्षा व्यवस्था राम्रो गरेको रहेछु र त धेरै क्षति भएन भन्ने सोचेर काम गर्दै गर” ।

उनै दिलबहादुर श्रेष्ठलाई श्री ५ महेन्द्रबाट २०२० साल चैत्रमा गृह सहायकमन्त्री र २०२१ साल माघमा गृहमन्त्री नियुक्त गरिबक्सेको थियो।

(प्रस्तुत चित्र २०१८ साल माघ ९ गते जनकपुरधाममा श्री ५ महेन्द्र सवार मोटरमाथी बम प्रहार हुनुभन्दा केही समय अगाडिको हो। जनकपुर अञ्चलका प्रथम अञ्चलाधीश श्री दिलबहादुर श्रेष्ठ (कालो टोपी, कालो कोट लगाएका) श्री ५ महेन्द्रको सवारी चलाउँदै)

खगेन्द्र गिरी `कोपिला´

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८