ब्रेकिङ न्युज:

विरोधी पन्छाएर एकलौटी रुपमा पार्टी कब्जा गर्ने ओली दाउ

जागरणपोस्ट ८ चैत्र २०७७, आईतवार ०८:३६

काठमाडौं : नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् ।

ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुर्नगठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

ओलीले माधव नेपाललगायत नेताहरु अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी हेरफेर गर्ने, नेपालगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार लिनेजस्ता निर्णय गराउनुले यही संकेत गरेको बालुवाटार निकट एक नेताले बताए ।

नेपाल समुहले समानान्तर कमिटी गठन गरी पार्टीभित्रबाट ओलीलाई चुनौती दिन र अन्तरसंघर्ष जारी राख्ने नीति लिइरहेको बेला उनले शनिबार बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका हुन् ।

नेपाल समूहले यही चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र एमालेलाई पुर्नजीवन दिने निर्णय गरेको थियो ।

भेला रोक्न ओलीले हरसम्भव प्रयास गरेका भए पनि सफल भएनन् । गत फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठक राखेर नेपाल समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसिेका थिए ।

नेपाल समूहले फागुन २८ को सो निर्णयलाई अवैध भन्दै नसच्याएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा नजाने बताउँदै आएको छ ।

ओलीले एमालेलाई आफ्नो नीजि स्वामित्वमा राख्न खोजेको आरोप नेपाल पक्षको छ । ‘बालुवाटारमा हुने केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा हामी जाँदैनौं, हामीले भाग लिन ओलीले फागुन २८ मा गराएको निर्णय सच्याउनुपर्ने र संसदीय दलको बैठक सिंहदरबारमा डाक्नुपर्ने हुन्छ’, नेपाल समूहमा रहेका पार्टी सचिव योगेश भट्टराईले भने ।

तर ओलीले केन्द्रीय कमिटी बैठकबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने, पार्टी र संसदीय दलको विधान संशोधन गरी समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गराएका छन् । स्थायी कमिटी पुनर्गठन जस्ता विषयलाई पनि ओली पक्षले प्राथमिकतामा राखेको छ । –नागरिक

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१