निकोलाई बुखारिनको नियति !

जागरणपोस्ट ८ चैत्र २०७७, आईतवार २०:३०

केदार सिटौला//

निकोलाई बुखारिन १७ बर्षकै उमेरमा १९०५ को रुसी क्रान्तिमा सहभागी भएका थिए। सो क्रान्तिको असफलतापछि उनले विदेश निर्वासनमा लेनिन र ट्राटस्कीको नजिक बसेर काम गरेका थिए । १९१७ को अक्टुबर क्रान्ति सम्पन्न हुँदा बोल्सेभिक पार्टीका प्रभावशाली नेता मध्ये बुखारिन पनि एक थिए।बुखारिन बोल्सेभिक पार्टीका सबै भन्दा लोकप्रिय युवा नेता थिए । उनलाई लेनिनले पार्टीको सबै भन्दा होनहार बालक (golden boy) रुपमा चित्रित गरेका थिए। बोल्सेभिक पार्टीमा उनको छबि प्रखर सिद्धांतकार र अर्थशास्त्रीको रुपमा बनेको थियो ।

१९१७ को अक्टुबर क्रान्ति लगत्तै अर्को बर्ष सोभियत संघमा भयानक गृह युद्ध सुरु भयो।  त्यो गृह युद्धको क्रममा लेनिनले युद्ध साम्यवादको नीति लागु गरे ।  युद्ध साम्यबादको मूल नीति थियो निजि ब्यापार जफत गर्ने, उद्योग/कलकारखानाहरु राष्ट्रियकरण गर्ने र किसान बाट अर्तिरिक्त अन्नबाली र अरु खाध्य सामग्री उठाउने। यो आर्थिक नीतिका कारण औधोगिक र कृषि क्षेत्रको उत्पादनमा नकारात्मक असर पर्यो । एकातर्फ औधोगिक उत्पादन युद्ध अगाडिको अवस्था भन्दा दुई तिहाइ भन्दा बढीले घटेको थियो भने अर्को तर्फ अतिरिक्त उत्पादन राज्यले लाने हुदा किसानले आफ्नो कृषि उपज कम उब्जाउन थालेका थिए। जसका कारण सहरमा अनिकालको स्थिति उत्पन्न भयो। यो नीतिका कारण जनताले ठुलो आर्थिक कठिनाइ भोग्नु पर्यो। यसले जनतामा व्यापक असन्तोष भड्किन थालेको थियो। यस्तो विषम परिस्थिति लाई सामना गर्न लेनिनले नया आर्थिक नीति लागु गरे ।

नया आर्थिक नीति अन्तर्गत किसानलाई आफ्नो जमिनमा बढी भन्दा बढी उत्पादन गर्न प्रोत्साहित गर्ने र त्यस उत्पादनलाई बाजारमा बेच्न दिईन थाल्यो।  त्यस्तै गरि साना तिना ब्यापार गर्न पनि दिईएको थियो।  यसले युद्ध साम्यवादको कठिनाइ बाट जनता लाई केही मिल्यो । तर यसका कारण धनी किसान (कुलाक) र नाफाखोर ब्यापारी (नेपमेन) हरुको नया वर्ग सिर्जना भयो। नया आर्थिक नीति बास्तबमै मिश्रित अर्थतन्त्रकै प्रयोग थियो ।  लेनिन हठात समाजवाद लागु गर्ने भन्दा पनि एक दुई दसक लगाएर सबै जनतालाई त्यसमा समाहित गर्ने पक्षमा थिए । निकोलाई बुखारिन यो आर्थिक नीतिको प्रवल समर्थक थिए। लेनिनको निधन पछि १९२८ स्टालिनले नया आर्थिक नीति लाई परित्याग गरेर औधोगीकरण  गर्ने नीति अघि सारे। जसका लागि पैसा जुटाउन किसान बाट पैसा असुल गर्न तरिका स्टालिनले अपनाए। जसलाई बुखारिनले सैन्य-सामन्ती लगान असुली भनेर नामकरण गरे। यो तरिकाले देशमा ठुलो अशान्ति माच्चिन सक्छ जसलाई रक्तपात सहित दबाउने पर्ने हुन सक्छ भनेर उनले चेतावनी दिएका थिए। जुन सत्य साबित भयो।

त्यस्तै निकोलाई बुखारिनले एक देशमा समाजवाद भन्ने सिद्दान्त प्रतिपादन गरेका थिए । यो ट्राटस्कीको स्थायी क्रान्तिको बिपरित थियो। पछि स्टालिनले यसलाई आफ्नो मूल सिधान्तकै रुपमा प्रस्तुत गरे ।

लेनिनको मृत्यु पछि स्टालिन आफ्ना प्रतिस्पर्धी र बिरोधीहरुलाई एक एक गरेर सफाया गर्न थालिसकेका थिए । स्टालिनले ट्राटस्की विरुद्ध बुखारिन, कामेनेभ र जिनोभीएभ संग गठबन्धन गरेर उनलाई पराजित गरे। पराजित ट्राटस्कीलाई देश बाहिर लखेटियो । त्यसपछि कामेनेभ र जिनोभीएभको पालो आयो । उनीहरुलाई पनि सफाया गरेपछि बल्ल बुखारिनको पालो आयो । बुखारिन लाई पार्टीमा गद्धार भन्न थालिसकिएको थियो । उनले आफ्नो सम्भावित नियतिको अनुमान गरिसकेका थिए।बुखारिनले एक दिन आफ्नी श्रीमती अन्ना ल्यारिना लाई एउटा छोटो चिट्ठी ठुलो आवाजमा पढेर सुनाए। उनले त्यो चिट्ठी अन्ना ल्यारिना लाई कण्ठ नभइन्जेल सम्म पटक पटक पढेर सुनाइरहे । त्यस पछि त्यो चिट्ठी लाई नस्ट गरे ।बुखारिनले ल्यारिनालाई आफ्नो नाम बाट जब सम्म गद्धारीको कलंक मेटीदैन तब सम्म संघर्ष गर्न कसम खुवाए।त्यस लगत्तै बुखारिन लाई गिरफ्तार गरियो ।

अनेकौ याताना खपे पछि आफ्ना परिवारलाई बचाउने सर्तमा उनले अपराध स्वीकार गरे। आफ्नो शिरमा मृत्यु तरवार झुन्डिएको बुखारिनको कलम रोकिएन।उनले कारावासकै समयमा (Philosophical Arabesques) जस्तो महत्वपुर्ण पुस्तकको रचना गरे । जेल बाटै बुखारिनले स्टालिन लाई एउटा पत्र लेखे। जसमा लेखिएको थियो – कोबा तिमी मलाई किन मार्न चाहन्छौ? कोबा स्टालिनलाई साथीहरुले बोलाउने उपनाम थियो । यो चिट्ठी स्टालिनको मृत्यु पछि उनको टेबलको ड्रयरमा भेटिएको थियो । बुखारिन लाई १४ मार्च १९३८ मा सोभियत गुप्तचर संस्थाको बधशालामा मृत्युदण्ड दिएको थियो। त्यस बेला बुखारिन जम्मा ४९ बर्षका मात्रै थिए।बुखारिनको हत्या पछि उनकी श्रीमती अन्ना लाई श्रमशिविरमा पठाइयो। जहाबाट उनी स्टालिनको मृत्यु पछि मात्र रिहा भईन ।

अन्ना ल्यारिनाले ख्रुशेव सहितका सबै सोभियत नेताहरुलाई बुखारिनको नाम गद्धारको सुची बाट हटाउन र पुनर्स्थापना गर्न पत्राचार गरिन । तर कसैले पनि चासो दिएनन। अन्त्यमा गोर्बाचोभको पालामा सन् १९८८ मा बुखारिनलाई पुनर्स्थापित गरियो  । त्यस बेला अन्ना ल्यारिनाले बुखारिनको सयौ जन्मदिनमा आफ्ना श्रीमानले आफुलाई ५० बर्ष अगाडी कण्ठ हुने गरि घोकाइएको पत्र पाठ गरिन –

“जीवनको अन्तिम दिनहरुमा म बिश्वस्त छु कि मेरो टाउको माथि थोपरिएको कुड़ाकर्कट इतिहासको चाल्निले पखालेर लानेछ। म कहिले पनि गद्धार थिईन। कमरेड तपाईहरुले थाह पाउनु पर्छ कि तपाईहरुले साम्यवाद तर्फको विजय अभियानमा बोकेर हिड्नु भएको झण्डामा मेरो पनि रगतको थोपा छ !”

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८