ब्रेकिङ न्युज:

विप्लवका नेता-कार्यकर्ताको मुद्दा फिर्ता कति सहज ?

जागरणपोस्ट १० चैत्र २०७७, मंगलवार ०८:४८

विप्लव नेतृत्वको नेकपाले सम्झौता गरेको तीन साता हुँदा पनि मुद्दा फिर्ताको प्रक्रिया सुरु हुन सकेको छैन । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि यही २० फागुनमा सो पार्टीसँग तीनबुँदे सम्झौता गरेको थियो । सम्झौताको तेस्रो बुँदामा ‘नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी’को विषय छ ।

तर, यसअनुसार मुद्दा फिर्तीको प्रक्रिया भने अघि बढ्न सकेको छैन । मुद्दा फिर्तीका सन्दर्भमा हालसम्म राय माग्न कुनै औपचारिक पत्र सरकारका तर्फबाट नआएको महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारीले बताए । ‘त्यस्तो कुनै पत्र आइसकेको छैन । मुद्दा फिर्ता लिन यति सजिलो पनि होइन । सरकारले अध्ययन गर्दै छ होला,’ उनले भने ।

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

मुलुकी फौजदारी कार्यविधिसंहिताको दफा ११६ मा मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ । उक्त दफाको उदफा २(क)मा झुटा राहदानी वा नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार वा कारोबार र वन्यजन्तुको अवैध सिकार तथा व्यापारका मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । यसैगरी, सार्वजनिक उपभोगका वस्तुमा विष मिसाएको, विष प्रयोग गरी क्रुर, अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको, सम्पत्ति शुद्धीकरण, प्राचीन स्मारक संरक्षणसम्बन्धी मुद्दा फिर्ता लिन मिल्दैन ।

यसबाहेक विभिन्न गम्भीर फौजदारी कसुरमा पनि मुद्दा फिर्ता लिन नमिल्ने कानुनले व्यवस्था गरेको छ । फौजदारी कार्यविधिसंहिताको दफा ११६(३)मा भनिएको छ, ‘नेपाल सरकारले उपदफा (२) बमोजिम फिर्ता लिने मुद्दाका सम्बन्धमा आवश्यक मापदण्डसहितको निर्देशिका बनाउनुपर्नेछ ।’ महान्यायाधिवक्ताको कार्यालयले निर्देशिकाको मस्यौदा निकै अघि बनाइसकेको जनाएको छ । तर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र आफैँ मस्यौदा बनाउने महान्यायाधिवक्ताको कार्यालयसमेत उक्त मस्यौदा मन्त्रिपरिषद्बाट पारित भए–नभएको वा कुन अवस्थामा छ भनी आफूलाई जानकारी नभएको बताउँछ । –नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१