शान्तिक्षेत्रका अभियान्ताहरु !

जागरणपोस्ट १० चैत्र २०७७, मंगलवार ०९:२०

खगेन्द्र गिरी ‘कोपिला’

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देवबाट मौसूफको शुभराज्याभिषेकको शुभ अवसरमा २०३१ साल फाल्गुण १२ गते विश्व समुदायसमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखिबक्सेको थियो ।

२०४६ सालसम्म विश्वका ११६ ओटा देशहरुले त्यस प्रस्तावलाई समर्थन गरिसकेका थिए तर २०४७ साल वैशाखमा गठन भएको सर्वदलीय सरकार र त्यसपछि बनेका सरकारहरुले त्यो प्रस्तावलाई त्यत्तिकै अलपत्र पारे ।

२०३१ सालदेखि २०४६ सालसम्मको १५ वर्षको कालखण्डमा नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव र असंलग्न परराष्ट्र नितिलाई नेपालले आफ्नो वैदेशिक सम्बन्ध निर्धारणको मूल मन्त्र बनाएको थियो ।

सो १५ वर्षको कालखण्डमा ६ जना व्यक्तिहरुले परराष्ट्रमन्त्रीको रुपमा काम गरि नेपालको परराष्ट्र नितिलाई सञ्चालन गरेका थिए ।
यी छ जना परराष्ट्रमन्त्रीहरुलाई शान्तिक्षेत्रका अभियन्ता भन्न सकिन्छ :-

१) श्री ज्ञानेन्द्र बहादुर कार्की : विक्रम सम्बत १९८९ सालमा घनकुटामा जन्मेका श्री कार्की २०२९ वैशाखमा ४० वर्षको उमेरमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए। उनले २०३१ चैत्रसम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । शान्ति क्षेत्रको प्रस्ताव उनकै पालामा राखिएको थियो । ३ पटक राष्ट्रिय पञ्चायत सदस्य चुनिएका श्री कार्की पहिलोपल्ट २०२३ साल साउनमा शिक्षा सहायकमन्त्री नियुक्त भएका थिए । २०२४ साल जेठमा जलविद्युत मन्त्री नियुक्त भएका कार्कीले भुमिसुधार, खाद्य कृषि, शिक्षा र अर्थमन्त्रीको रुपमा पनि काम गरेका थिए । उनी सिंगापुर र रुसका निम्ति राजदूत पनि भएका थिए । २०४९ सालमा मोटर दुर्घटनामा परि ६० वर्षको उमेरमा श्री कार्कीको निधन भएको थियो ।

२) श्री कृष्णराज अर्याल : विक्रम संवत् १९८५ साल पुषमा काठमान्डुमा जन्मेका श्री अर्याल प्रसिद्ध शिक्षाशास्त्री र प्राध्यापक हुन् । उनी २०३२ साल वैशाखदेखि २०३५ साल चैत्रसम्म चार वर्ष परराष्ट्रमन्त्री रहेका थिए । उनी तीन पटक राष्ट्रिय पञ्चायतको सदस्य मनोनित हुनुका साथै लामो समय शिक्षा, स्वास्थ्य, निर्माण यातायत र पर्यटनमन्त्री पनि भएका थिए । उनी फ्रान्सको लागि राजदूत पनि रहे । उनलाई राजा र रानीलाई पढाएको योग्य शिक्षक मानिन्थ्यो । नेपाललाई शान्तिक्षेत्र बनाउने अभियानका मुख्य अभियन्ता श्री ५ वीरेन्द्रपछि श्री अर्यालनै हुन् । २०६३ सालमा ७८ वर्षको उमेरमा श्री अर्यालको निधन भएको थियो ।

३) श्री केवी शाही : विसं १९८६ सालमा डोटीमा जन्मेका खगेन्द्रवीर शाही नवलपरासीबाट तीन पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । उनी २०३६ साल जेठदेखि २०३८ साल असारसम्म दुई वर्ष परराष्ट्रमन्त्री रहेका थिए । ८० वर्षको उमेरमा २०६६ सालमा श्री शाही स्वर्गे भएका थिए ।

४) श्री पदमबहादुर खत्री : विसं १९७२ सालमा काठमान्डुमा जन्मेका उपरथी खत्री शाही नेपाली सेनामा लामो समय काम गरेपछि परराष्ट्र सेवामा तानिएका व्यक्ति हुन् । उनी दुई पटक परराष्ट्र सचीव, दुई पटक अमेरिकाको लागि राजदूत र दुइ पटक संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भएका थिए ।

नेपालका योग्य र अनुभवी परराष्ट्रविद मानिने श्री खत्रीलाई २०३९ साल असोजमा राष्ट्रिय पञ्चायतको सदस्य मनोनीत गरेर परराष्ट्रमन्त्री बनाइएको थियो । उनी २०४२ साल जेठसम्म परराष्ट्रमन्त्री रहेका थिए । ७० वर्षको उमेरमा २०४२ सालमा श्री खत्रीको देहावसान भएको थियो ।

५) श्री रणधीर सुब्बा : विसं १९६५ सालमा जन्मेका श्री सुब्बा परराष्ट्रमन्त्री नियुक्त हुँदा ७७ वर्षका थिए । उनी २०४१ जेठदेखि २०४३ असारसम्म परराष्ट्रमन्त्री रहेका थिए । उनी २०१५ साल जेठदेखि २०१६ साल जेठसम्म अन्तरिम सरकारमा राष्ट्रवादी गोरखा परिषदको तर्फबाट शिक्षा, स्थानिय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रबन्ध, उद्योग र वाणिज्यमन्त्री पनि भएका थिए । चीनको लागि राजदूत र त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर पनि उनले काम गरेका थिए । २०४९ सालमा ८४ वर्षको उमेरमा श्री सुब्बाको निधन भएको थियो ।

६) श्री शैलेन्द्र कुमार उपाध्याय : विसं १९८६ सालमा भारतमा एक नेपाली शरणार्थी परिवारमा जन्मेका श्री रामेश्वर दाहाल कालान्तरमा शैलेन्द्र कुमार उपाध्यायको नामले चर्चित हुन पुगे । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद त्यागेर पञ्चायत प्रवेश गरेका व्यक्ति हुन् उनी। पहिलोपल्ट उनी २०१९ साल असारमा पञ्चायत तथा राष्ट्रिय निर्देशन सहायकमन्त्री नियुक्त भएका थिए । तीन पटक राष्ट्रिय पञ्चायत सदस्य चुनिएका श्री उपाध्याय २०४३ असारदेखि २०४६ चैत्रसम्म पररराष्ट्रमन्त्री रहेका थिए । उनले २०२० को दशकमा गृह, पञ्चायत, भुमिसुधार, स्वास्थ्य र संचारमन्त्री पनि भएर लामो समय काम गरेका थिए ।
श्री उपाध्याय संयुक्त राष्ट्र संघका लागि स्थायी नेपाली प्रतिनिधि पनि भएका थिए । २०६८ साल वैशाखमा ८२ वर्षको उमेरमा सगरमाथाको आधार शिविरमा उनको निधन भएको थियो ।

यी छ जनालाई नेपालका योग्य परराष्ट्रमन्त्री मानिन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८