सर्बोच्चको फैसला विरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

जागरणपोस्ट १० चैत्र २०७७, मंगलवार १३:१२

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को स्थायी समिति बैठक सम्पन्न भएको छ । बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारे सर्बोच्चले गरेको निर्णयमा पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्र पुनः सर्वोच्च अदालमा जाने भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए । कानुन व्यवसायीहरुसँग परामर्शपछि पुनरावलोकनमा जाने निर्णय लिइएको बताए ।

यसअघि माओवादी केन्द्रले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रामनारायण बिंडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतसँग सुझाव लिएको छ । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

२३ फागुनमा सर्वोच्च अदालतले ऋषि कट्टेलले दायर गरेको मुद्दामा सुनुवाई गर्दै केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई खारेज गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काउने फैसला गरेको थियो । नाम जुधेकाले नेकपा खारेज गरिदिएपछि पुरानै अवस्थामा पुगेको फैसलामा उल्लेख थियो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले दायर गरेको मुद्दामा मागदाबी भन्दा बढी अदालतको फैसला भएको भन्दै पुनरावलोकनमा जान कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

यसैगरी, माओवादी केन्द्रले अझै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने नगर्नेबारे निर्णय लिएन । समर्थन यथावत् राखी माओवादी केन्द्र अदालतमा पुनरावलोकनमा जाने भएको हो ।

सरकारलाई समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्री ओलीलाई चुनौती कायमै हुनसक्ने अवस्था छ । यसले अविश्वासको प्रस्ताव कुनैपनि बेला आउनसक्ने परिस्थिति कायमै राखेको छ । समर्थन फिर्ता नलिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मत लिन नसकेपनि उनी सबैभन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्वमै रहने सम्भावना रहन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८