ब्रेकिङ न्युज:

‘स्थानीय तहले ७० प्रतिशत बजेट ओढ्ने-ओछ्याउने हो ?’ : प्रधानमन्त्री

जागरणपोस्ट १२ चैत्र २०७७, बिहीबार ०९:१४

काठमाडौं : स्थानीय तहले संघीय सरकारसँग कुल बजेटको ७० प्रतिशत बजेट पठाउन माग गरेका छन् । नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले यस्तो माग गरेका हुन् ।

नेपाल नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाले कुल बजेटको १४ प्रतिशत मात्र स्थानीय तहमा पठाइने गरेको भन्दै आर्थिक अधिकारस्वरूप स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनुपर्ने माग गरे । ‘देश संघीयतमा गए पनि स्थानीय तहले आर्थिक अधिकार पाएको छैन । आज कुल बजेटको १४ प्रतिशत मात्र बजेट स्थानीय तहमा गएको छ । १४ प्रतिशत होइन । ७० प्रतिशत बजेट स्थानीय तहमा जानुपर्‍यो,’ उनले भने ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले स्थानीय तहमा ७० प्रतिशत बजेट गएमा मात्र सुखी नेपाली, समृद्ध नेपालको आकाक्षां पूरा हुने बताए । ‘कुल विकास बजेटको १४ प्रतिशत मात्र स्थानीय तहमा जान्छ । यदि मुलुक समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हो भने ७० प्रतिशत बजेट स्थानीय तहमा जानुपर्छ,’ तामाङले भने । उनीहरूले स्थानीय तहका हक, अधिकार कटौती भएको भन्दै ती हक र अधिकारको संरक्षण गर्न संघीय मन्त्रालयले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तीन सय २९ कानुन बाझियो

प्रधानमन्त्री केपी ओली उपसिथत कार्यक्रममा जनप्रतिनिधिहरूले तीन सय २९ वटा संघीय कानुन स्थानीय तहका कानुनसँग बाझिएको भन्दै बाझिएका सबै कानुन खारेजीको मागसमेत गरे । ‘वित्तीय र प्रशासनिक संघीयतालाई व्यवस्थित गर्ने कार्यलाई कानुनसम्मत रूपमा सञ्चालन गर्न बनाइएको ३२९ वटा संघीय कानुन स्थानीय सरकारको कानुनसँग बाझिएका छन्,’ महासचिव तामाङले भने, ‘बाझिएका सबै कानुन खारेज हुनुपर्छ ।’ कोरोनाको भयावह अवस्थालाई नियन्त्रण गर्न उल्लेखनीय भूमिका खेलेको स्थानीय तहलाई फेरि पनि त्यस्ता अवस्था आए तयारी हुन स्रोतसाधन सम्पन्न बनाउनुपर्ने उनीहरूले माग गरे ।

‘०७२ मा गएको भूकम्पपछि अझै पनि राम्रोसँग काम हुन सकेको छैन,’ नगरपालिका संघका महासचिव ढुंगानाले भने, ‘स्थानीय सरकार भएका कारण कोरोना न्यूनीकरणका लागि सहज वातावरण सिर्जना भएको छ । कोरोनाका बेला स्थानीय सरकार नभएको भए के हुन्थ्यो रु महामारीका बेला स्थानीय सरकारले जुन भूमिका निर्वाह गरेको छ, धन्यावादको पात्र भएको छ । भारतमा फेरि कोरोना संक्रिमतको संख्या बढेको छ । नेपालमा आउँदैन भन्न सकिँदैन । यस्तो अवस्थामा स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्छ ।’ –नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१