ब्रेकिङ न्युज:

सुतिरहेको अवस्थामा बेपत्ता भएका दम्पतीको कङ्काल फेला

जागरणपोस्ट १२ चैत्र २०७७, बिहीबार १६:५३

जलेश्वर : गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न कङ्काल फेला परेको छ ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिए । दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।

मृतकका छोरा मनिषले बुवालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा पहिचान गरेको उनले जानकारी दिए । आज दिउँसो पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ–नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको पत्ता लागेको हो ।

घटनास्थलमा प्रदेश नं २ को प्रहरी , जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगी दुवै कङ्कालको उत्खनन गरी आवश्यक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ ।

झा दम्पतीको खोजतलासका लागि प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने चार दर्जन बढी व्यक्तिलाई सोधपुछ गरिसकेको थियो । त्यस्तै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिकसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१