ब्रेकिङ न्युज:

राप्रपा एकता महाधिवेशन : पहिलो र दोस्रो पुस्ताका नेताहरूबीच रस्साकस्सी सुरु

जागरणपोस्ट १५ चैत्र २०७७, आईतवार ०८:५९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन २५-२८ वैशाखमा काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिना बाँकी रहँदा भावी नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ताका नेताहरूबीच रस्साकस्सी सुरु भएको छ । राप्रपाभित्र राजसंस्था र हिन्दू राष्ट्रसहित उदारता, प्रजातन्त्र, समाजवादको राजनीतिक एजेन्डामा मतभेद छैन । तर, भावी नेतृत्वका लागि नेताहरू आन्तरिक दौडमा सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि राप्रपा महाधिवेशनका विषयमा दोस्रो तहका नेताहरू भेटेर पनि चासो राखेका छन् ।

१५ जेठ ०४७ मा स्थापना भएको राप्रपा नेपालमा कम्युनिस्टहरूपछि धेरैपटक विभाजन भएको राजनीतिक दल हो । ६ फागुन ०७३ मा एकीकृत भएको राप्रपा तीन समूह हुँदै २४ फागुन ०७६ मा एक भएपछि महाधिवेशन हुन लागेको हो । कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन समूह राप्रपामा छ । चार वर्षअघि एकता महाधिवेशन गरेको राप्रपाले फेरि एकता महाधिवेशन गर्दै छ भने सबैभन्दा बढी हानाथाप भावी नेतृत्वका लागि भइरहेको छ । राप्रपाले देशभरिका करिब ४५ सय महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्दै छ ।

राप्रपामा एक वर्षदेखि थापा, राणा र लोहनी अध्यक्ष छन् । पार्टी महाधिवेशनपछि एकल अध्यक्ष हुने सहमति भइसकेको छ । एकल नेतृत्वका लागि आन्तरिक रूपमा अध्यक्षत्रय थापा, राणा र लोहनी दाबेदार छन् । दोस्रो तहका नेताहरू राजेन्द्र लिङ्देन, डा।धवलशमशेर राणा, विक्रम पाण्डेलगायतले पनि आन्तरिक रूपमा दाबेदारी पेस गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले शीर्ष नेताहरूलाई भेटेर आफू अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिन लागेको जानकारी दिइसकेका छन् । राप्रपाका एक मात्र सांसद लिङ्देन भने ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । पार्टी नेताहरू बुद्धिमान तामाङ, दीपक बोहोरा, विक्रम पाण्डे भावी नेतृत्वका लागि निर्णायक मानिन्छन् ।

यसपटक नयाँ नेतृत्वका लागि राप्रपामा दोस्रो पुस्ता संगठित हुँदै गरेको छ । ‘तीनजना अध्यक्षले पार्टीमा दिन सक्ने योगदान दिइसक्नुभएको छ, अब दोस्रो तहका नेताहरू आउनुपर्छ भन्ने विचार राप्रपाभित्र विस्तारित भइरहेको छ,’ राप्रपाका एकजना शीर्ष नेताले भने, ‘यसका लागि विभिन्न समूहमा चरणबद्ध छलफल सुरु भएको छ ।’ राप्रपाको एउटा समूह भने प्रतिकूल परिस्थितिमा राप्रपाको एजेन्डा निरन्तर उठाएको भन्दै अध्यक्ष थापा नेतृत्वमा दोहोरिनुपर्ने तर्क गरिरहेको छ । यद्यपि उनका विरोधी समूहले भने थापाकै ढुलमुले कार्यशैलीका कारण पार्टी कमजोर भएको भन्दै नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्न थालेका छन् । थापाले आफू सबै विकल्पका लागि खुला रहेको र पार्टी कार्यकर्ताको निर्णय शिरोधार्य हुने बताए । राणाले भावी नेतृत्व सहमतिबाट छनोट हुने बताए । –नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१