धनुषा : णका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पुर्यायको छ ।
गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पुर्याउदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो ।