Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

महोत्तरीमा घाँस काट्न गएका सातजना बालिका बेपत्ता, बन्धक बनाएको हुनसक्ने आशंका

जागरणपोस्ट १८ चैत्र २०७७, बुधबार ०७:४७

मंगलवार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्।

उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन्।

धर्मपुरका चेलीबेटीहरू मंगलवार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए।

४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले टेलिफोनमा भने, ‘तर, उनीहरू अबेर रातिसम्म घर फर्केका छैनन्। म पनि घटनास्थलमा छु,’ उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ।

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए। जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्। भंगहा सशस्त्र बेस क्यापबाट पनि खटिएका छन्।

‘यत्रो ठूलो संख्यामा बालिकाहरू बेपत्ता नहुनुपर्ने हो?’, एसपी अचार्यले भने, ‘हामीले खोजी गरिरहेका छौँ।’ यो खबर मंगलवार ९ बजे राति मात्रै प्रहरीमा पुगेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७