ब्रेकिङ न्युज:

नेकपा एमालेको सम्भावित विसर्जन !

जागरणपोस्ट १८ चैत्र २०७७, बुधबार ०९:३५

इतिहासमा कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पार्टीभन्दा फरक हुन्छन् भन्ने मान्यता राखिन्थ्यो । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट मेनुफेस्टो लेखेपछि ‘कम्युनिजम’ राजनीतिक तथा आर्थिक सिद्धान्तका रूपमा चर्चित बन्यो ।

पछि यो सिद्धान्तलाई परिष्कृत बनाउन सयौंले योगदान दिए । साम्यवादी सिद्धान्तको मूल सार हो— निजी सम्पत्ति र नाफामा आधारित अर्थतन्त्रका ठाउँमा उत्पादनका सबै साधन (खानी, कृषियोग्य भूमि, मिल, फ्याक्ट्री आदि) माथि सार्वजनिक तथा समुदायको नियन्त्रण वा स्वामित्व स्थापित गर्नु । कम्युनिजम समाजवादको अन्तिम गन्तव्य हो र यसको प्राप्ति समाजवादको चरणबद्ध विकासपछि मात्र सम्भव हुन्छ । कम्युनिजमको गन्तव्य हासिल गरिँदा समाजमा निजी सम्पत्ति, वर्ग र कुनै प्रकारका शासक रहन्नन् । उत्पादन र वितरण योग्यता र आवश्यकता सिद्धान्तका आधारमा तय गरिन्छ । समाजवाद आफ से आफ प्राप्त हुँदैन, त्यसका निम्ति संघर्ष र क्रान्तिकै आवश्यकता पर्छ । यस्तो क्रान्ति श्रमजीवी वर्ग, खास गरी किसान, मजदुर, गरिब जनताको ऐक्यबद्धतामा बनेको आधारभूत वर्गमा आधारित समाजवादी पार्टीले गर्छ ।

२०४६ सालको जनआन्दोलनमा निर्मित संयुक्त वाममोर्चामा आबद्ध घटकहरूमध्ये माले र मार्क्सवादीबीच २०४७ सालको हिउँदमा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) बन्यो । पछि साना वामघटकहरू क्रमशः ‘लिक्विडेसन’ मा गए र एमालेमा समाहित भए । एमाले वामपन्थको मूलप्रवाह बन्यो । यसरी मूलप्रवाह बनेको पार्टीको नेतृत्वमा आधारभूत वर्गको आर्थिक तथा सामाजिक रूपान्तरणका निम्ति ‘नयाँ जनवादी क्रान्ति’ हुन्छ भन्ने जनविश्वास थियो । किनकि पार्टीभित्रको तातो बहसमा ‘जनवादी क्रान्ति’ मूलकेन्द्रमै थियो । बहुदल पुनःस्थापनाका लागि सम्पन्न जनआन्दोलनमा वामपन्थीहरूको योगदान यथेष्ट भएकैले एमाले संसद्मा दोस्रो ठूलो शक्ति बनेर उदायो । तर निर्वाचनको सफलतासँगै पार्टीको राजनीतिक बहसमा ‘संसदीय चुनावमा विजय’ गन्तव्य हो कि भन्ने हुन थाल्यो । ‘संसद्’ नै समाजवादी क्रान्तिको भरपर्दो प्लेटफर्म ठान्न थालिएको आभास हुन थाल्यो ।

समाजवादी आन्दोलनको इतिहासमा संसदीय निर्वाचनको बहस पहिलोपटक एडवार्ड बर्नस्टाइनले भित्र्याएका थिए । उनले हठात् वा बलात् क्रान्तिबिनै पनि पुरानै संरचनामा आधारित निर्वाचनमार्फत समाजवादमा पुगिन्छ भन्ने दलिल प्रस्तुत गरे । बर्नस्टाइनको यो सुधारवादी कार्यक्रमविरुद्ध रोजा लक्जेम्बर्गले ‘रिफर्म अर रिभोल्युसन’ शीर्षक चर्चित पुस्तिका लेखिन्, जसलाई खाँटी समाजवादीहरूले ‘मार्क्सवाद’ मा पहिलो ‘संशोधनवाद’ भनेर अर्थ्याउने गरेका छन् । –कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१