बुटवल – दारी ग्याङ्ग रूपन्देहीको आयोजना रहेको फागुविशेष मैत्रीपूर्ण फुटसल प्रतियोगितामा कमल न्यौपानेको समूह प्रथम भएको छ ।
सोमबार ग्रिन फिल्ड फुटसल देवीनगरमा आयोजित सो प्रतियोगितामा प्रदीप गैह्रेको समूह दोस्रो भएको छ । दारी ग्याङ्ग रूपन्देहीका सदस्य विच भातृत्वलाई कायम राख्नका लागि सो समुहकै सदस्यहरूको सहभागिता रहेको दारी ग्याङ्ग रूपन्देहीका निवर्तमान अध्यक्ष गणेश पन्थले जानकारी दिएका छन् ।
होली पर्वको शुभकामनासहित भएको खेलमा दारी ग्याङ्गका चार समुहको खेल भएको थियो । जसमध्ये पहिलो खेलमा विरेन्द्र जिसी र प्रदीप गैह्रेको समूह बिच खेल भएको थियो । सो खेलमा प्रदीप गैह्रेको समुहले विरेन्द जिसीको समुहलाई २/० गोलले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेल कमल न्यौपानेको समुह र गणेश पन्थको समुहविच भएको थियो । दोस्रो खेल निकै नै प्रतिष्पर्धात्मक भएको पन्थले जानकारी दिए । सो खेलमा कमल न्यौपानेको समुहले ४ गोल गरेको थियो भने गणेश पन्थको समुहले ३ गोल गरेको थियो ।
दुबै खेलबाट फाइनलमा प्रवेश गरेका प्रदीप गैह्रेको समूह र कमल न्यौपानेको समुहविच भएको खेलमा कमल न्यौपानेको समुह विजेता बनेको थियो । कमल न्यौपानेको समुहले १ का विरूद्ध ५ गोल गरी विजेता बनेको थियो ।
खेलमा सर्वाधिक गोलकर्ता दिपक पौडेल रहेका थिए भने वेस्ट गोलकिपर दाह्री ग्याङ्गकै सदस्य प्रदिप आचार्य रहेका थिए । दाह्री ग्याङ्गका रूपन्देही अध्यक्ष विरेन्द्र जिसीको अध्यक्षता रहेको मैत्रीपूर्ण फुटसल खेलको केन्दिय अध्यक्ष प्रदीप गैह्रेको प्रमुख आतिथ्यता रहेको थियो ।