बङ्गलादेश : स्वतन्त्रताको ५ दशक !

जागरणपोस्ट १९ चैत्र २०७७, बिहीबार १९:०५

केदार सिटौला //

यो हप्ता बङ्गलादेश स्वतन्त्र भएको ५० वर्ष पुग्यो। त्यस बेला यो देशको भबिस्य सार्है अन्धकारपूणर् थियो । सन् १९७१ मा अमेरिकी विदेश मन्त्री हेनेरी किसिंगरले बङ्गलादेशलाई अन्तहिन संकटको डालो (bottomless basket) भनेर टिप्पणी गरेका थिए । हुन पनि हो पाकिस्तान बाट स्वतन्त्र हुँदा बङ्गलादेशको अवस्था साच्चै नै दयनिय थियो । स्वतन्त्रता संग्रामको क्रममा यो देशले भयानक आर्थिक र मानबिय क्षति भोग्नु परेको थियो। लाखौ मानिसहरुको मृत्यु भएकोथियो, करौडौ बिस्थापित भएका थिए र दशौ हजार महिलाहरु बलात्कृत भएका थिए ।

आर्थिक संरचनाहरु पनि तहसनहस भएका थिए। नेपाल भन्दा अलिक ठुलो क्षेत्रफल भएको देश बङ्गलादेशको त्यस बेला नै जनसंख्या साढे छ करोड जति थियो।त्यस बेला कसैले पनि यो देश संम्पन्न बन्ला भनेर सोचेकै थिएनन् । बरु सबैको चिन्ता यो देश कसरी टिक्ला भन्ने मै थियो । यो देशको भबिस्य साच्चै नै अन्धकारपूणर् नै थियो ।

बङ्गलादेशले स्वतन्त्र पछिको अरु २० बर्ष सम्म अनेकौ राजनीतिक र आर्थिक समस्या भोग्नु पर्यो। बङ्गलादेशले यो दुई दसकमा राष्ट्रपिता सेख मुजिबुर रहमानको परिवार सहितको हत्या, अर्का राष्ट्रपति जेनरल जियाउर रहमानको हत्या, अनेकौ सैनिक बिद्रोह, बामपन्थी बिद्रोहर भयानक अनिकाल जस्ता अनेकौसमस्याहरुको सामना गर्नु पर्यो । ८० र ९० को दशकमा जसले रेडियो , टिभी र अखबारहरु सुन्ने र हेर्ने गर्थे उनीहरुले सम्झन सक्छ त्यस बेला बंगलादेशको कस्तो दुर्गति थियो भनेर । त्यहा बर्सेनि आउने आंधी-तुफान र बाढीका कारण लाखौ मान्छेहरु मर्थे । बङ्गलादेशका जनताहरुहरु खान नपाएर र कामको खोजिमा इन्डियामा पस्थे । आज पनि भारतमा बङ्गलादेशी आप्रवासीको मामिला राजनीतिक मुद्धा बन्ने गर्छ। रत्यस बेलात्यस बेलाबङ्गलादेशको अवस्था यति सम्म दयनिय थियो कि कतिजना बाउ-आमाले आफ्ना छोरा-छोरि लाई केहीहजार रुपियामा बेच्ने गर्थे। यो धेरै पुरानो कुरा पनि होईन केवल ३० बर्ष अगिको कुरा हो ।

सन् ९० दशकको मध्ये तिर आएर बङ्गलादेशले कोल्टे फेर्न थाल्यो । बंगलादेशको बिकाशमा राज्यको हस्तक्षेपका साथै प्रगतिशील गैर सरकारी संस्थाहरुको मुख्य योगदान रहेको छ। मोहमद युनुसको ग्रामिण बिकाश बैंक र फाज्ली हसन आबेदको ब्राक (BRAC ) ले बङ्गलादेशमा गरिबी नियन्त्रण र बिकाशमा ठुलो भूमिका खेलेको छ।सुरुमा कृषिमा आधारित अर्थतन्त्र भएको यो देशमा कृषि संगै औधोगीकरण पनि तिब्र गतिमा सुरु भयो । १९७१ मा बङ्गलादेश मुलत कृषि प्रधान देश थियो। अहिले आएर कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान १३% मात्र छ। तर पनि यो देशले आफ्ना करिब १६ करोड जनसंख्या लाई पुग्ने खाद्यान्य उत्पादन गर्छ। यो आफैमा धेरै ठुलो उपलब्धि हो ।

बङ्गलादेशको मुख्य औधोगिक उत्पादनकपडा र रेडिमेड गार्मेन्ट्स हो । अहिले यो देश चीन पछाडी बिश्वमै दोश्रो ठुलो गार्मेन्ट उत्पादक बनेको छ । गार्मेन्ट अहिले बङ्गलादेशको कुल ग्राहस्थ उत्पादनको ११ % र निर्यात आम्दानीको ८० % भित्राउने क्षेत्र बनेको छ। बङ्गलादेशले २०१९ मा पाकिस्तान लाई उछिनेर दक्षिण एसियाको दोश्रो ठुलो अर्थतन्त्र बन्यो। यो घटना बङ्गलादेशको लागि सारै ठुलोनैतिक विजय हो ।

गत बर्ष अन्तरास्ट्रीयमुद्राकोषको अनुमान अनुसार बङ्गलादेशले प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादनमा भारत लाई उछिन्ने अनुमान गरेको थियो । बंगलादेशको अर्थतन्त्र अहिले बिश्वमा ४१ औ ठुलो अर्थतन्त्र छ। योदेशले २०३० मा २५ औ ठुलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ । त्यस्तै यो देशले मानव बिकाशको क्षेत्रमा गरेको बिकाश झन् महत्वपुणर् छ। बङ्गलादेशले गरिबी घटाउने, साक्षरता, औसत आयु, बाल मृत्युदर र महिला सशक्तिकरणको क्षेत्रमा भारत र पाकिस्तान लाई पनि पछाडी पारिसकेको छ ।

बंगलादेशको यो चमत्कारिक बिकाश लाई नेपाल संग तुलना गर्ने हो भने हामी प्रगति होईन अवनति को यात्रामा लागेको प्रस्ट थाह हुन्छ । ७० को दशकमा नेपाल बङ्गलादेशलाई चामल निर्यात गर्थियो। अहिले हामी चामल आयातकर्ता बनेका छौ । सन् ९० को दशकमा जव बङ्गलादेश सैन्य तानाशाही बाट मुक्त भयो त्यसै बेला नेपाल पनि पंचयाती ब्यबस्था बाट मुक्त भएको थियो। बंगलादेशले त्यसै बेला देखी कोल्टे फेर्न सुरु गर्यो । तरत्यसबेलादेखी नेपालको प्राथमिकतामा बिकाश होईन राजनीति पर्यो । बहुदल आएको यो ३० बर्षमा हामीले देशको काया पलट गर्न सक्ने ठुला बिकाशका आयोजना के कति सम्पन्न गर्यो ? यसैमा हाम्रो अबिकाशको कारण भेटन सकिन्छ ।

यो ३० बर्षमा बंगलादेशले आफ्ना अनेकौ राजनीतिक समस्याका बाबजुद पनि बिकाशको पथमा लम्किरह्यो भने नेपाल राजनीतिको प्रयोगशाला बनिरह्यो । यो बिचमा हामीले ३ वटा संबिधान, दुई वटा संबिधान सभा, बहुदलियव्यवस्था, गणतन्त्र र कम्युनिस्ट शासन पनि भोग्यौ। नेपाल यस्तै गोलचक्करमा फसिरहदा बंगलादेश एसियाको अर्को टाइगर इकोनोमी बन्यो भने नेपाल हिमालयको रोगी मानिस (sick man of Himalaya) बनेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६