ब्रेकिङ न्युज:

सरकारलाई भीम रावलको आग्रह : माथिल्लो कर्णालीमा जीएमआरको म्याद नथपौं

जागरणपोस्ट १९ पुष २०७५, बिहीबार १०:५०

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताले माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरको म्याद नथप्न आग्रह गरेका छन् ।

बिहीबारको संसद बैठकमा नेकपा नेता भीम रावलले सरकारले उक्त कम्पनीसँग भएको सम्झौता विपरीत पटक पटक म्याद थपेको भन्दै अब म्याद नथप्न आग्रह गरेका हुन् ।

‘राष्ट्रिय हितको संवेदनशील विषयमा आफैंले गरेको सम्झौतामा सरकार नअड्ने हो भने राज्य र सरकारको अस्तित्व कसले बचाइदिन्छ ? यसरी लम्पसार परेर देश जनताको हित र उन्नती गर्न सकिन्छ ? उनले प्रश्न गरे ।

सरकारले २०६४ साल माघमा पहिलो पटक जीएमआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै रावलले यो १० वर्षको अवधि त्यसै खेर गएको बताए । सरकारले फेरि जीएमआरको समय थप गर्न लागेको सुनिएको भन्दै त्यसो नगर्न पनि उनले सचेत गराएका छन् । ‘कुनै एउटा कम्पनीको सामु कानून विपरीत गएर नझुक्न तथा राष्ट्रिय हितका सम्झौताका शर्तहरु पालना गर्न गराउन हार्दिक आग्रह गर्दछु’ रावलले भने ।

तुलनात्मक रुपमा कम मूल्यमा विद्युत उत्पादन हुने यस आयोजना सरकारले आफैले वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्नुपर्ने रावलको भनाइ छ ।

२०७२ सालमा लगानीबोर्डसँग भएको परियोजना विकास सम्झौताअनुसार जीएमआरले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्नुपर्ने थियो । काबुबाहिरको परिस्थिति आएमा थप १ वर्ष समय थप गर्नुपर्ने उल्लेख थियो । त्यस्तै सम्झौता भएको ४८ महिनाभित्र प्रशारण लाइन निर्माणका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने र काबु बाहिरको परिस्थिति आएमा १ वर्ष समय थप्न सकिने उल्लेख थियो ।

तर सम्झौता भएको ६८ महिनासम्म जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेको र काबुबाहिरको परिस्थितिबारे पनि उपयुक्त कारण नदिएकाले म्याद थप्न नहुने रावलको भनाइ छ । ‘सम्झौता भएको ६८ महिना १५ दिन बितिसकेको छ । काबुबाहिरको के स्थिति आइप¥यो भन्ने पनि जानकारी गराइएको छैन । सम्झौताको प्रावधान विपरीत दुई दुई पटक म्याद थप भइसकेको छ’ उनले भने ।

जीएमआरले उक्त आयोजना आफूले नबनाई बेच्न खोजेको पनि रावलले आरोप लगाए । जीएमआरले माथिल्लो मर्स्याङ्दी आयोजना आफूले नबनाई चिनियाँ कम्पनीलाई बेच्दा नेपाललाई घाटा लागेको स्मरण गराउँदै उनले जीएमआरको म्याद थप्न नहुने बताएका हु्न् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११