ब्रेकिङ न्युज:

मार्सल लिन प्याओ को थिए ?

जागरणपोस्ट २१ चैत्र २०७७, शनिबार १३:१५
मार्सल लिन प्याओ चिनिया जनमुक्ति सेनाका योग्यतम कमान्डर मध्ये एक थिए। उनलाई चिनिया जनमुक्ति सेनाभित्र चु तेह र पेङ्ग तेहुई पछिको तेस्रो प्रभाबशाली व्यक्ति मानिन्छ। लिन प्याओले कोमिन्ताङ्ग बिरुद्धको निर्णायक लडाईमा लाल सेनालाई नेतृत्व गर्दै राजधानी पेकिङ्ग कब्जा गरेका थिए। त्यस्तै उनले यांग्जी नदि तर्दै तटीय क्षेत्र बाट चियांग काइ सेकका सेनाहरुलाई दक्षिणी चीनकाे तटिय क्षेत्र लखेटेका थिए। लिन प्याओ युद्दको सुक्ष्म योजना नबनाई हतारमा आक्रमण गर्न मान्दैन थिए। एक चोटी माओ त्से तुङ्गले भनेका थिए बरु म गाई लाई उफारेर पर्खाल नघाउन सक्छु तर लिन प्याओ लाई कतै आक्रमण गर्न मनाउन सक्दिन। लिन प्याओले कोरिया युद्धमा चीनले भाग लिने कुराको सुरुमै बिरोध गरेका थिए। र उनले कोरियामा चिनिया जनमुक्ति सेनाको नेतृत्व गर्न समेत अस्विकार गरे। जसका कारण त्यहाँ मार्शल फंग तेहुई जानु पर्‍यो।
दुब्ला, पातला र रगत नभएको जस्तो सेतो अनुहार भएका लिन प्याओ अनेक किसिममा रोग बाट ग्रसित थिए। उनलाई जापान बिरुद्धको मुक्तियुद्दको क्रममा आफ्नै सेनाले झुकिएर गाेली हानेकाे थियाे। जस्ले उनको टाउकोलाई छुदै गएको थियो। घोडामा चढेका लिन प्याओ नराम्रो संग भुईमा बजारिए र उनको ढाडमा गम्भीर चोट लाग्यो।  त्यस्तै लिन प्याओ टीबी बाट पनि ग्रषित भएका थिए। त्यस समय उनको उपचार सोभियत संघमा गरिएको थियो।
यसका साथै लिन प्याओ अनेकौ किसिमका फोबिया बाट ग्रसित थिए। उनलाई पानि, हावा र चिसोको फोबिया थियो।  लिन प्याओलाई पानीको आवाजले पनि पखाला चल्न थाल्थियो। आफ्ना यस्ता रोगका कारण लिन प्याओ अन्तर्मुखी स्वभावका थिए। उनको टाउको सधै दुखी रहन्थियो।  उनि आफ्नो अधिकांस समय अध्यारो कोठामा बस्थे र पुराना चिनिया औसधी शास्त्रका किताब पल्टाएर त्यहाँ आफ्नो लागि नुस्खाको खोजि गर्थे।
माओ त्से तुङ्गले चीनको बिकाश गर्न १९५८ मा महान लामो फड्को भन्ने अति महत्वकांछी योजना अगाडी सारेका थिए।  त्यो सोचे अनुरुप सफल भएन।  १९५९ मा लुसानमा भएको सम्मेलनमा मार्शल फंग तेहुईले माओको यो योजनाको चर्को आलोचन गरे।  जसकारण मार्शल फंग तेहुईलाई रक्षामन्त्रि लगायतका सबै पदबाट बर्खास्त गरियो। लिन प्याओले लुसान सम्मेलनमा माओको पक्ष लिएका थिए। यसपछि लिन प्याओ रक्षा मन्त्रि बने। त्यसपछि लिन प्याओले चिनिया जनमुक्ति सेनामा माओ विचारधारा अनुरुप ढाले। लिन प्याओले माओका उक्तिहरुको संकलन प्रकासन गरे। जसको आवरण कडा रातो रंगको प्लास्टिकको हुन्थियो र जुन चिनिया जनमुक्ति सेनाको गोजीमा अट्न सक्थियो।  जुन रेड बुकको नामले प्रख्यात भयो। यो पछि आम रुपमा छापियो र वितरण गरियो।  त्यस्तै लिन प्याओले माओको तस्बिर अंकित ब्याजहरु  व्यापक रुपमा छापे र वितरण गरे। माओको देवत्वकरण र व्यक्तिपूजामा लिन प्याओको ठुलो भूमिका थियो। लिन प्याओले यिनै कामका कारण माओ लिन संग धेरै खुसि थिए। जसका कारण तत्कालिन चिनिया रास्ट्रपति लिउ साओ चीलाई अपदस्त गरे पछि लिन प्याओ पार्टीका उपाध्यक्ष र माओ पछि का नम्बर २ नेता बने।
१९६६ मा माओ त्से तुङ्गले सांस्कृतिक क्रान्ति सुरु गरे। यो सांस्कृतिक क्रान्तिमा लिन प्याओ र सेनाले ठुलो साथ् दिएको थियो।  तर जव रेड गार्ड हरुको उद्दण्डता बढ्दै गयो माओ ले लिन प्याओको साथ लिएर त्यो उपपद्रव लाई शान्त पारे।  जसका कारण सेनाको र लिन प्याओको भूमिका र शक्ति धेरै नै बढ्यो। एकातर्फ माओ पनि भित्र-भित्रै लिन प्याओको असिमित शक्तिको कारण उनि संग सशंकित हुन थालिसकेका थिए। भने अर्को तर्फ लिन प्याओ र सांन्स्क्रितिक क्रान्तिको बामपंथी धार जसको नेतृत्व माओ पत्नी च्याङ चिङ्गले गर्थिन बीचको सम्बन्ध पनि खराब हुन थालिसकेको थियो। लिन प्याओ कि पत्नी ये गुन पनि कम्युनिस्ट पार्टीकाे पोलिट ब्युरो सदस्य थिईन। उनि अति महत्वाकांक्षी महिला थिइन। लिन प्याओ, ये गुन र च्याङ चिङ्गको त्रिकोणात्मक संघर्ष चलिरहेको थियो। १९६९ मा भएको  चिनिया क्यमुनिस्ट पार्टीको नबौ केन्द्रिय कमिटिको बैठक बाट माओ र लिन बीचको सम्बन्ध बिग्रिन थालेको थियो। यहि क्रममा सेप्टेम्बर १३, १९७१ मा सोबियत संघ तर्फ भाग्दा भाग्दै जेट दुर्घटनामा परेर मंगोलियामा लिन प्याओ र उनको परिवारको मृत्यु भयो।
चीनको सरकारी रिपोर्ट अनुसार लिन प्याओले माओ त्से तुङ्गको हत्या गर्ने र सत्ता कब्जा गर्ने योजना बनाएका थिए। सन् १९७१ मा हुन लागेको कम्युनिस्ट पार्टीको अर्को सम्मेलनमा माओले लिन प्याओ लाई कारबाही गर्ने थाह पाएर उनले माओ त्यस तुङ्ग चडेको रेलमा आक्रमण गरेर उनको हत्या गर्ने प्रयास गरेका थिए।  तर अन्तिम समयमा आफ्नो बाटो परिवर्तन गरेर माओ बाच्न सफल भएको थिए।  जसमा असफल भएपछि उनि सोभियत संघ तर्फ भाग्दा प्लेन दुर्घटना भएर उनको मृत्यु भयो भनि सो रिपोर्टमा उल्लेख गरिएको छ। लिन प्याओकाे साे षड्यंत्रकाे नाम प्रोजेक्ट ५७१ राखिएको थियो।
तर यसले उत्तर कम र प्रश्न ज्यादा जन्माउछ। लिन प्याओ जस्ता कुसल रणनीतिकारले यस्तो फितलो योजना कसरि बनाए होला ? फेरी लिन लाई माओको हत्या गर्ने आवस्कतानै किन पर्यो होला ? जवकि त्यस बेला माओ ७८ बर्ष पुगिसकेका थिए र बिरामी पर्न पनि थालिसकेका थिए। माओ भन्दा लिन १३ बर्ष कान्छा थिए। माओ पछि स्वबभिक रुपमा लिन नै चीनका शक्तिशाली नेता बन्नेवाला थिए। चीन सम्बन्धि अध्ययन गर्नेहरुको राय छ कि यो योजना लिन ले नभएर उनकी पत्नी ये गुन र उनका छोरा लिन लिगुओ (जो चिनिया बायुसेनाका उप निर्देसक थिए) बनाएकाे हुन सक्छ।
मंगोलियामा सो प्लेन दुर्घटनास्थल बाट सोभियत संघका सेनाले लिन प्याओको शब् बरामद  गर्यो।  गोलिले टाउकोमा बनाएको गहिरो घाउ र क्षयरोगले दाहिने फोक्सोमा पारेको दाग बाट सोभियत गुप्तचरले लिन प्याओको पहिचान गरे।  अहिले पनि लिन प्याओको खप्पर सोभियत आर्काइवमा सुरक्षित छ।
चिनिया नेता तथा जनमुक्ति सेना मार्शल लिन प्याओको मृत्यु भएको पचास वर्ष पुगिसकेको छ।  तर पनि बेलाबखत उनको बारेमा चर्चा भैरहन्छ।  बिसेष गरि माओबादी आन्दोलन भित्र र चीन अध्ययन शास्त्र (Sinology) मा । केही समय अगाडी भारतमा एउटा नक्सलबादी समुह थियो CPI ML (Second Central Committee) भन्ने। यो समुहको नेतृत्व महादेव मुखर्जी र अजिजुल हकले गर्थे। यो समुहले आफुलाई लिन प्याओबादी भनेर दाबि गर्थियो। पछि यो समुह भाकपा माओबादीमा बिलय भयो।  तर यो एकता हुनुभन्दा अगाडी साे समूहले आफ्नो लिन प्याओबादी विचार परित्याग गरेको थियो।
नेपालमा पनि बेला बखत लिन प्याओको चर्चा भईरहन्छ षड्यंत्रकारी व्यक्तिको रुपमा। तर लिन प्याओ षड्यंत्रकारी व्यक्ति मात्र होईन त्यस बाहेक अरु पनि केहि थिए। अचेल चीनमा उनको जापान बिरोधी मुक्ति युद्ध र गृह युद्ध ताका उल्लेखनीय भूमिका खेलेको व्यक्तिको रुपमा फेरी सम्मान गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४