काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले वैशाखमा नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि-२० त्रिकोणात्मक सिरिजको लागि बन्द प्रशिक्षणमा २० सदस्य टोली बोलाएको छ ।
टोलीमा पुरानै खेलाडीलाई निरन्तरता दिएको छ । नेपालले टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म टियु क्रिकेट मैदानमा खेल्ने छ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
क्यानले चैत २४ देखि बन्द प्रशिक्षण सुरु हुने जनाएको छ । अधिकांस खेलाडी भने टियु मैदानमा अभ्यास गरि रहेका छन् । बन्द प्रशिक्षणपछि अन्तिम १४ सदस्य टोली घोषणा गर्ने छ ।
टोलीमा अनुभवी खेलाडी शरद भेषावकर र स्पिनर बसन्त रेग्मी भने अटाएका छैनन् ।