ब्रेकिङ न्युज:

फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त

जागरणपोस्ट २२ चैत्र २०७७, आईतवार २१:००

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

काठमाडौंमा सम्पन्न ‘थ्री नेशन्स  कप’मा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको बनेका हुन ।

काठमाडौंमा आj आयोजित एक कार्यक्रममा नवनियुक्त मुख्य प्रशिक्षक अलमुताइरीले ‘थ्री नेशन्स कप’ उचाल्दा नेपाली समर्थक धेरै खुसी देखिएको भन्दै आगामी दिनमा यस्ता थप खुसीहरु दिने प्रतिवद्धता जनाए ।

४० वर्षीय अलमुताइरीले कम्तीमा एक बर्ष मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले छन् ।

यस समय अवधिमा उनले विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो-लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।

कतार फुटबल संघसँगको सहकार्यमा उनी नेपाल आएका हुन । अलमुताइरीको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ ।

र्थी नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४