प्रमुख प्रतिपक्ष दल कांग्रेस अझै अलमलमा

जागरणपोस्ट २३ चैत्र २०७७, सोमबार १०:१५

काठमाडौं : संसद् पुनर्स्थापनाको झन्डै डेढ महिनापछि आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेस अझै अलमलमा देखिएको छ । पार्टीभित्र दबाब भएपछि शुक्रबार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार रातिसम्म नयाँ सत्तासमीकरणका लागि औपचारिक अग्रसरता लिएका छैनन् ।

कांग्रेसका केही नेताले दौडधुप थाले पनि माओवादी केन्द्र र जसपासँग देउवाले औपचारिक संवाद गरेका छैनन् । आइतबार साँझका लागि तय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटसमेत देउवाले टारेका छन् । परिस्थिति परिपक्व नभएको भन्दै सुरुमा नमानेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत नेताहरूको दबाबपछि आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गराएका थिए ।

कांग्रेसले पर्याप्त पहल लिन नसक्दा गठबन्धन निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । देउवाले पार्टीभित्रको दबाबका कारण निर्णय गरे पनि मानसिक रूपमा तयार नभएको आरोप पौडेल पक्षको छ । देउवाले आफू निकटस्थलाई अवस्था परिपक्व नभएसम्म कुनै कदम नचाल्ने भनेका छन् । यद्यपि, वरिष्ठ नेता पौडेललाई माओवादी केन्द्र र जसपासँगको संवादका लागि खटाएका छन् । पौडेलले सोहीअनुसार आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । अध्यक्ष ठाकुरको निवास हात्तीगौँडा पुगेका पौडेलले करिब आधा घन्टासम्म छलफल गरेका थिए । पौडेलले ओलीको बहिर्गमनका लागि एउटा खाका बनाएर अगाडि बढ्न प्रस्ताव गरे पनि ठाकुरले कुनै स्पष्ट जवाफ दिएका छैनन् । पौडेल र प्रकाशमान सिंहले आइतबार प्रचण्डसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले ५ पुसमा विघटन गरेको संसद् ११ फागुनमा सर्वोच्च अदालतले ब्युँताएपछि सुरु भएको नयाँ सरकार निर्माणको बहसले कांग्रेसको निर्णयपछि सहजै आकार ग्रहण गर्न सकेको छैन । बरु दलहरूले अझै एक–अर्काप्रति सर्त तेस्र्याएका छन् । अनौपचारिक संवादमा रहेको कांग्रेसलाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावमा अगाडि बढ्न आग्रह गरेका छन् । तर, कांग्रेस अंकगणितका हिसाबले आफ्नो नेतृत्वमा सरकार बन्ने निश्चित नभएसम्म अगाडि बढ्ने पक्षमा देखिन्न । –नयाँ पत्रीका 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६