ब्रेकिङ न्युज:

धुर्कोट गाउँपालिकामा संगिताको परिवारलाई आर्थिक राहत प्रदान

जागरणपोस्ट २४ चैत्र २०७७, मंगलवार १२:३६

गुल्मी : गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लामा गएर आर्थिक राहत प्रदान गर्नुभएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ मा जिल्ला विपत्त व्यवस्थापन कोष मार्फत आगलागिबाट निधन भएकी संगिताको घरमै पुगेर २ लाख रुपियाँ आर्थिक सहयोग गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मृत्यृ हुने संगिता परियार प्रति श्रद्धान्जली व्यक्त गदै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् । जिल्ला विपत्त व्यवस्थापन कोषबाट आर्थिक सहयोग प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । बस्ती उच्च जोखिम क्षेत्रमा रहेको हुदाँ सचेत भई बस्न उहाले आग्रह गरे । प्रदेश सरकारसंग आफूले आवश्यक सहयोगबारे कुरा गर्ने उनले बताए ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानीय सरकारको विपत्त व्यवस्थापन कोषबाट ४० हजार आर्थिक रकम सहयोग गरे । अध्यक्ष पोख्रेलले सहयोग रकम प्रदान गदै बालबालिकाको शिक्षा क्षेत्रमा रकम खर्च गर्न आग्रह गरे । बस्ती उच्च जोखिममा रहेको हुदाँ गाउँपालिकाले आवासको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष पोखरेलले प्रतिवद्धता व्यक्त गरे । थोरै भए पनि रकमलाई सही क्षेत्रमा खर्च गर्न उनले आग्रह गरे । विपत्तमा सरकार घरमै आन्छ भने कुरा पुष्टी भएको पोख्रेलले बताए ।

परियारको घर नजिकैको खोलामा नुहाएर फर्किने क्रममा धाराखोली सामुदायिक बनमा लागेको आगोमा जलेर मृत्यु भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डे, वडाध्यक्ष, पत्रकार तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४