ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेशमा जनता समाजवादी दल बिभाजित

जागरणपोस्ट २४ चैत्र २०७७, मंगलवार १५:२८

बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा जनता समाजवादी दल बिभाजित बनेको छ । जसका कारण मुख्यमन्त्रीको अविश्वासको प्रस्ताव तत्काललाई टरेको छ ।

८७ सांसद सदस्य रहेको प्रदेश सभामा जनता समाजवादी पार्टीका ६ सांसद छन् । त्यसमध्ये ३ जना अविश्वासको प्रस्तावको पक्षमा र तीन जना विपक्षमा उभिएका हुन् । अविश्वासको प्रस्तावको लागि जुटेको नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुको भेलामा जसपाका सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डेले पार्टीको निर्देशन विपरित अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।

सोमबार प्रदेश सभा बैठक लगत्तै जसपाका तीन जना सांसदले मुख्यमन्त्रीसंग सत्ता साझेदारीको विषयमा भेट वार्ता गरेका थिए । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेश सरकारले हतारमै हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो ।

मुख्यमन्त्री बिरुद्ध अविश्वासको तयारी भएपछि मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रबाट बनेका मन्त्री हटाउने तयारीमा लागेका छन् । मुख्यमन्त्री पोखरेलले माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई कारवाही गर्ने तयारी गरेको स्रोतले जनाएको छ । लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । त्यस्तै मुखयमन्त्रीलाई पद जोगाउन ४४ मत आवश्यक हुन्छ ।

एमालेका ४१ मध्ये २ माधवकुमार नेपाल पक्षका सांसद छन् भने दधिराम न्यौपाने र दिनेश पन्थीले दल परिवर्तन गरेर एमालेमा प्रवेश गरेपनि उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको जानकारी प्रदेश सभा सचिवालयलाई जानकारी गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४