ब्रेकिङ न्युज:

कोरोना नेपाल : ३ सय ३९ सङ्क्रमित थपिए, दुईको मृत्यु

जागरणपोस्ट २५ चैत्र २०७७, बुधबार १८:१२

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाण्डौका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ सङ्ख्यामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएसँगै मृतकको कुल सङ्ख्या तीन हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४