ब्रेकिङ न्युज:

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र अलग

जागरणपोस्ट २६ चैत्र २०७७, बिहीबार ०८:४४

कास्की : गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र अलग भएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।

दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताएका छन् ।

मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि केन्द्रको निर्णयका कारण अलग हुनुपर्दा दुःख लागेको बताए ।

माओवादी केन्द्र बाहिरिए पनि गण्डकीमा एमालेको सरकार बहुमतमै रहेको छ । ६० प्रदेश सांसदमध्ये गण्डकीमा एमालेका २८ सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चाका तीन जना सांसदले पनि एमालेलाई नै साथ दिएकाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बहुमतमै रहेको छ ।

यसअघि मङ्गलवार कर्णालीमा पनि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । कर्णालीमा अब माओवादीको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४