ब्रेकिङ न्युज:

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक स्थगित

जागरणपोस्ट २६ चैत्र २०७७, बिहीबार २०:०५

विराटनगर : प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगित भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्चालनका लागि स्रोतको सुनिश्चिता गर्न सरकारसँग माग गरे । उनले जबसम्म सरकारले संसद्मा उठाइएका प्रश्नहरुको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गरे ।

यसअघि आजको शून्य समयमा सांसद उमीता विश्वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाए । अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बुहवर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

यस्तै अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्ने बताए । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१