ब्रेकिङ न्युज:

सुर्खेतको सिस्नेरीमा आगलागी हुदा नौ घर नष्ट

जागरणपोस्ट २७ चैत्र २०७७, शुक्रबार ०९:५१

सुर्खेत : पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्”, वडाध्यक्ष कार्कीले भने, “प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।” सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१