ब्रेकिङ न्युज:

विराट गोल्डकप फुटबल : उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर-११ विजयी

जागरणपोस्ट २७ चैत्र २०७७, शुक्रबार १२:२९

मोरङ : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर-११ विजयी भएको छ ।

बिहीवार राति विराटनगरमा रहेको सहिद रङ्गशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २-१ गोलले पराजित गर्दै विराटनगर दोश्रो चरणमा प्रवेश गरेको हो ।

निकै आक्रामक भएको खेलको सुरुवातमा विराटनगर-११ का प्रकाश बुढाथोकीले गोल गरेर टिमलाई अग्रता दिलाए । खेल सुरु भएको ८ औं मिनेटमा प्रकाशको प्रहारमा पहिलो गोल भयो ।

खेल सुरु भएको ८ मिनेटमा गोल खाएपछि दबाबमा परेको सिक्किमले दोश्रो ८ मिनेट बित्न नपाउँदै गोल गरेर खेललाई बराबरीमा ल्यायो । खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदूपयोग गर्दै साङ्गे छोपेन भुटियाले सानदार गोल गरे ।

पहिलो हाफसम्म १/१ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रामक भएर मैदानमा उत्रिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले अर्को गोल गर्यो ।

खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रवारको खेल भारतको पञ्जाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ । विराटनगर ११ का प्रशिक्षक सञ्जिव बुढाथोकीले खेलाडीहरुको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए ।

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । वैशाख ४ गतेसम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन् । सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१